
काठमाडौं
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४ दशमलव ८२ अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घटेर २ हजार ५९८ दशमलव ८९ मा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ०२ अङ्कले घटेर ४६४ दशमलव ६३ मा पुगेको छ।
त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १७९ दशमलव ०२ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १५६ दशमलव ७८ मा कायम भएको छ।
आज १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ।
कारोबारमा १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक बढेको छ भने १० उपसमूह घटेको छ। कुल २७९ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
नेप्सेका अनुसार सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन्। सानिमा ग्रोथ फन्ड, चिर्खवा हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सलगायत कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।