समाचार

गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार

गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
गुल्मीमा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको हो ।क्षेत्र नम्बर–१ को मतगणना जिल्ला समन्वय समितिको हलमा गरिनेछ ।क्षेत्र नम्बर–२ को मतगणना रेसुङ्गा बहुमुखी क्याम्पस को हलमा गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहे ले बताए ।मतगणकहरूलाई जालीभित्र राखेर सीसीटिभी क्यामेराको निगरानीमा मतगणना गरिनेछ ।मतगणनामा सहभागी उम्मेदवारका प्रतिनिधिहरूलाई जाली बाहिरबाट बस्न र प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ ।जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् ।तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ जना तथा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३६३ जना मतदाता रहेका छन् । ...
आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?

आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
 अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीपछि विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र इरानका आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ । घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा देखिन थालेको छ, जसले नेपाल र भारतजस्ता तेल आयातमा निर्भर देशहरूको अर्थतन्त्र झकझक्याउने संकेत गरेको छ । युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ । केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर ८४ डलर बिन्दु नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई क्रूड पनि ७७ डलर नाघेको छ । बीबीसीका अनुसार एक इरानी अधिकारीले ‘स्ट्रेट अफ हर्मुज’ मा देखिने जुनसुकै ...
निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, विविध, समाचार
१९ फागुन, काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए । यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको थियो । निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल पनि हो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ,’ प्रवक्ता डा. पोखरेलले जारी...
गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
१९ फागुन, काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो । उनीहरूले सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेका थिए । ...
ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुगेका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्।कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री अर्यालले निर्वाचनलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । समाजका सबै वर्गले धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनले बताए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रान्तिले जिल्लाको समग्र शान्त...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको बताएका छन् ।चितवनमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले भदौ २३ र २४ मा सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै समुह र व्यक्ति भएको बताएका हुन् ।उनले भने- 'पहिला स्कुलको ड्रेसमा आएका कलिला बालबालिकाको छाती र टाउकोमा ताकी ताकी गोलि हानियो, त्यसपछि संरचना जलेका हुन् । जल्नु हुदैनथ्यो, गलत भयो तर गोलि ठोक्न हुदैनथ्यो मान्छे मार्न हुदैनथ्यो, त्यहीबाट ब्रिग्रिएको हो । आज पनि सिंहदरबार कसले जलायो भन्छन् । सिंहदरबार त्यसले जलायो, जसले सिंहदरबारलाई भ्रष्टचारको अखडा बनायो ।' उनले आफुलाई अन्तिम इच्छा सोधिएको उल्लेख गर्दै फागुन २१ मा अन्तिम इच्छा पुर्याइदिन आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै पुराना दलले देश बनाउछन् भन्ने विश्वास अझै पनि छ भने सबै मत उ...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज
ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आदिको विभेदलाई अन्त्य गर्न र नागरिकलाई अधिकार सम्पन्न गराउन मौलिक अधिकारहरु संबिधानमा नै व्यवस्था गरिएकोको छ । अहिले को संबिधान अनुरूप नागारिक सार्वभौम सत्ता सम्पन्न हुन तर यी हक अधिकारको ब्यबस्था हुनु भन्दा पूर्वको अबस्था हक अधिकार स्थापीत हुनु हो सोही हक अधिकार स्थापीत गराउनमा विगतका त्याग तपस्या बलिदानलाई हेर्ने हो भने मगर समुदाय अग्रपंतिमा देखिन्छ । चाहे त्यो राणा शासनको अन्त्यको आन्दोलनमा होस् चाहे त्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्तमक राज्य ब्यबस्था स्थापना गर्नेमा होस् । बिशेष त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा मगर समुदायको भूमिका विशिष्ट र महत्त्वपूर्ण रहेको छ । नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता तथा सामाजिक रूपान्...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणका लागि समस्या पहिचान गरी समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले विकास निर्माणका काम नगर्ने व्यक्तिलाई रुखमा बाँध्ने भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै थापाले त्यस्तो शैलीले देश नबन्ने स्पष्ट पारे ।उनले उदाहरण दिँदै भने, “एयरपोर्टमा जहाज अवतरण भएन भनेर पाइलटलाई कोर्रा हानेर समाधान हुँदैन । त्यसको वास्तविक समस्या के हो भन्ने पहिचान गर्नुपर्छ ।” उनले सडक निर्माण ढिला हुनुका कारण कानुनी जटिलता रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न आफूले ४१ वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको बताए। “सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दै...
उम्मेदवारका परिवार सहितको बैंक खातामा आयोगको निगरानी

उम्मेदवारका परिवार सहितको बैंक खातामा आयोगको निगरानी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडाैँनिर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो ।चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत निर्वाचन खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोवारमा निगरानी बढाएको हो ।शुक्रवार कुराकानी गर्दै केन्द्रिय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन ख...
निर्वाचन आउन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

निर्वाचन आउन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनिर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ।आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो। सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ बमोजिम निषेध गरिएका कार्य हुन नदिने...