आकासियो तेलको मूल्य, भारतको आपूर्ति शृङ्खला बिग्रिए नेपालमा के हुन्छ ?


 अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीपछि विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र इरानका आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ ।

घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा देखिन थालेको छ, जसले नेपाल र भारतजस्ता तेल आयातमा निर्भर देशहरूको अर्थतन्त्र झकझक्याउने संकेत गरेको छ ।

युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ । केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर ८४ डलर बिन्दु नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई क्रूड पनि ७७ डलर नाघेको छ ।

बीबीसीका अनुसार एक इरानी अधिकारीले ‘स्ट्रेट अफ हर्मुज’ मा देखिने जुनसुकै पानीजहाजमा पनि ‘आगो लगाइदिने’ धम्की दिएका छन् । स्ट्रेट अफ हर्मुज पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग गरिने एउटा महत्त्वपूर्ण मार्ग हो

।विश्वको २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना भए तेलको मूल्यले १ सय डलर आँकडा पार गर्ने र विश्वव्यापी आपूर्ति शृङ्खला नै ध्वस्त हुन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

मध्यपूर्वमा बढ्दो तनावबीच आफ्नो ऊर्जा केन्द्रमा भएको ड्रोन हमलापछि विश्वको दोस्रो ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातक देश कतारले उत्पादन रोकेको छ । जसले युरोप र एसियामा ग्यास मूल्यमा एकैदिन ५० प्रतिशतसम्मको ऐतिहासिक वृद्धि गराएको छ ।

सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीले विज्ञप्ति जारी गर्दै रास लफान र मेसाइद औद्योगिक सहरमा रहेका आफ्ना उत्पादन केन्द्रहरूमा भएको सैन्य हमलाका कारण एलएनजी र अन्य सम्बन्धित उत्पादन अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति गर्ने कतारको यो कदमले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा गम्भीर संकट निम्त्याएको छ ।

भारत हुँदै नेपालमा पर्ने ‘दोहोरो मार’

विश्वको तेस्रो ठूलो तेल आयातकर्ता राष्ट्र भारतमा यसको गहिरो प्रभाव पर्ने देखिए पनि आम उपभोक्ताका लागि भने तत्कालै मूल्य बढाइएको छैन ।

यद्यपि, भारतले आफ्नो आवश्यकताको ८८ प्रतिशत तेल आयात गर्ने हुँदा विश्व बजारमा बढेको कच्चा तेलको मूल्यले भारतको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा ठूलो चाप पार्ने छ ।

आफ्नो विशाल बजारको माग धान्न दैनिक ५५ देखि ५६ लाख ब्यारेल तेल खपत गर्ने भारतले मुख्यगरी रुस, इराक र साउदी अरबबाट कच्चा तेल भित्र्याउँछ । पछिल्लो समय भारतको कुल आयातमा रुसको हिस्सा मात्रै ३५ देखि ४० प्रतिशत पुगेको छ ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...