भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा


बुटवल
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देश निर्माणका लागि समस्या पहिचान गरी समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले विकास निर्माणका काम नगर्ने व्यक्तिलाई रुखमा बाँध्ने भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै थापाले त्यस्तो शैलीले देश नबन्ने स्पष्ट पारे ।
उनले उदाहरण दिँदै भने, “एयरपोर्टमा जहाज अवतरण भएन भनेर पाइलटलाई कोर्रा हानेर समाधान हुँदैन । त्यसको वास्तविक समस्या के हो भन्ने पहिचान गर्नुपर्छ ।” उनले सडक निर्माण ढिला हुनुका कारण कानुनी जटिलता रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न आफूले ४१ वटा कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको बताए। “सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन,” उनले भने ।
थापाले आगामी पाँच वर्षका लागि कांग्रेसलाई देशको नेतृत्वमा पुर्‍याउन पार्टीका सबै नेता तथा कार्यकर्ता सक्रिय रूपमा जनतामाझ जानुपर्ने आवश्यकता औंल्याए । “पार्टीका साथीहरू घरघर जानुपर्छ । मैले सर्लाही-४ मा पनि मिहिनेत गर्नुपर्छ । तपाईंहरू हरेक जना आफैं उम्मेदवार बनेर मतदातामाझ पुग्नुस्,” उनले आग्रह गरे ।

उनले २०८२ सालको निर्वाचनमा कांग्रेसको रुख चिन्हमा मतदान गर्नुपर्ने बलियो आधार रहेको दाबी गर्दै देशलाई सुधार र स्थायित्वतर्फ लैजाने क्षमता कांग्रेससँग रहेको बताए । “अबको पाँच वर्षको समय खेर नफालौं,” उनले भने ।

थापाले सामाजिक सञ्जालमा लेखेर मात्रै मत नआउने भन्दै प्रत्यक्ष जनसम्पर्कलाई प्राथमिकता दिन कार्यकर्तालाई निर्देशन दिए । “सामाजिक सञ्जालमा लेखेर मात्र नबस्नुस् । आफ्नो गोडा, हात र मुख चलाउनुस्, मतदाताको घरघर पुगेर सम्मानपूर्वक समर्थन माग्नुस्,” उनले भने ।

उनले विगतका कमजोरीहरू सच्याउँदै नयाँ सोच र प्रतिबद्धताका साथ कांग्रेस अघि बढेको वताए।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...