निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन


१९ फागुन, काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ ।

आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

यसअघि आयोगले विभिन्न जिल्लाहरुमा निर्वाचनपूर्वको अनुगमन गरी प्राप्त तथ्यको अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरुलाई ध्यानाकर्षण गराइसकेको थियो ।

निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर यो मानव अधिकारको सवाल पनि हो । आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकारको उपभोग गर्न आयोग सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ,’ प्रवक्ता डा. पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छुटाउनुभयो कि ?

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रग...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...