गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ


१९ फागुन, काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो । उनीहरूले सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...