समाचार

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ । ...
आज चैते दशैको घटस्थापना

आज चैते दशैको घटस्थापना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँआज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ ।चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ । चैते दशैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ ।बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ । ...
लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
लुम्बिनीलुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैङ्क सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैङ्क (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैङ्क सञ्चालनको प्रक्रिया थालेको हो । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जानकारी दिए ।बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको मन्त्री सारूले जानकारी दिए । उनका अनुसार बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको ...
बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल

बुटवल महामेलाको चौथो दिनमुख्य आकर्षक कुलेन्द्र र कला लम्साल

गित संगित, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार, स्थानीय
बुटवल ।बुटवल महामेला -२०८२ संचालनको आज चौथो दिन हो । चैत्र १ गते बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले समुद्घाटन गरि मेला औपचारिक रुपमा संचालन भएको हो । चैत्र २ गतेको हावाहुरीले केही भौतिक क्षेती भएको थियो । भौतिक संरचना पुनः निर्माण तथा मर्मत पछि मेला चैत्र ३ गतेनै संचालन भएको संयोजक गोबिन्द प्रसाद भुसालले बताए । चैत्र २ गतेको हावाहुरीले भौतिक संरचनमा क्षेती पुर्यायो । पुर्ण क्षेतिको पुनः निर्माण हुँदै छ,आंशिक क्षेती ममर्त भै सकेको भुसालले बताए ।मेलाको आज चौथो दिन हो । मुख्य आकर्षक चर्चित लोक गायक कुलेन्द्र विश्वकर्मा र गायिका कला लम्सालको प्रस्तुति रहने सास्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । साथै हास्यकलाकार 'माइला बा ' ,लोक गायिका शिला गुरुङ ,गायक दिपेन्द्र पाण्डे ,टप सोनी डान्स ग्रुप, जेडिसी डान्स स्तुडियोको प्रस्तुति रहने न्यौपानेले बताए ।मेला चैत्र १ देखि २४ गते...
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने सरकारकाे निर्णय

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला गर्ने सरकारकाे निर्णय

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।यसअघि पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण मन्त्रालयले साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो ।मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावास तथा श्रमिकहरूले पुनः श्रम स्वीकृति खुलाउन माग गरेपछि नयाँ निर्णय गरिएको हो । परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा मंगलबार उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन् । निर्णयअनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका देशमा कार्यरत नेपाली श्रमिक तथा बिदामा नेपाल आएर ...
नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

नवनिर्वाचित पार्टीका सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन पाएका थिएनन् ।आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् । ...
चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी

चलचित्र पत्रकार संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवलचलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन्। मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षेत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन्।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार नै प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराइएको थियो। कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चैत १० गतेभित्र जिल्ला तथा प्रदेशका अधिवेशन सम्पन्न गर्ने र वैशाख ५ गते केन्द्रीय अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चलचित्र पत्...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँदेशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गए राति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएका बताए ।महासङ्घले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ । सार्वजनिक यातायात सञ्...
रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा ५०० भन्दा बढी सिलिन्डर फेला

रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा ५०० भन्दा बढी सिलिन्डर फेला

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलरुपन्देहीमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भेटिएको छ। जिल्लामा आवश्यकताअनुसार ग्यास आयात भइरहे पनि केही व्यवसायीले ग्यास लुकाएर अभावको अवस्था बनाएको अनुगमनबाट खुलेको हो। सोमबार इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोहवरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यवसायीहरूले ग्यास लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सिलिन्डर फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए।उनका अनुसार बुटवल र सैनामैना क्षेत्रका १५ वटा ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा ५०० भन्दा बढी ग्यासका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेको हो। हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्य...
ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू : विभाग

ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू : विभाग

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको गुनासो बढेको छ । यस्तो कुनै सूचना वा जानकारी भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन विभागले आग्रह गरेको हो ।पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो । नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।विभागले सञ्चालनमा रहने गरी निःश...