मतदातालाई विष्णु पौडेलको हस्तलिखित प्रतिवद्धता : विकास-समृद्धिलाई तीव्रता दिने
बुटवलप्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदातालाई हस्तलिखित पत्रबाटै सम्बोधन गर्दै विकास–समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन क्षेत्रका मतदातालाई उनले आफ्नो तर्फबाट लिखित पत्र नै दिएर प्रचार अभियान थालेको एमाले नेता युवराज घिमिरेले जानकारी दिए । घरदैलो अभियानकै क्रममा मतदाताको नाम लेखेर उनले लिखित अपिलमार्फत विगतका उपलब्धि, वर्तमान जिम्मेवारी र आगामी योजनाबारे विस्तृत धारणा सार्वजनिक गरेर पारदर्शीता देखाउन खोजेको हुन् ।निर्वाचन परिचालन कमिटीले यसको समन्वय गरेर सम्बन्धित व्यक्तिको नामै लेखेर पुराउने अभियान थालेको घिमिरेले जानकारी दिए । पत्रमा पौडेलले सम्पूर्ण मतदाता तथा परिवारजनप्रति सम्मान व्यक्त गर्दै स्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको कामना गरेका छन् । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि...








