उद्यमीहरु संग बिष्णु पौडेलको सम्वाद : आर्थिक समृद्धिका लागि संगसंगै अगाडी बढौं


बुटवल
बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। आगामी निर्वाचनको सन्दर्भमा बुटवलमा आयोजित युवा उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले पौडेलको विगतको कार्यसम्पादनप्रति विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि साथ दिने प्रतिबद्धता जनाएका हुन्।
कार्यक्रममा सहभागी उद्यमीहरूले विष्णु पौडेल अर्थमन्त्री हुँदा निजी क्षेत्र र अर्थतन्त्रको विकासका लागि चालेका कदमहरूको प्रशंसा गरे। “तपाईंबाट नेपालको अर्थतन्त्र सुधारका लागि धेरै सकारात्मक कामहरू भएका छन्, त्यसैले हामी तपाईं प्रति निकै आशावादी छौँ,” सहभागी एक युवा उद्यमीले भने, तपाईंले जितेर मुलुकको समृद्धिका लागि अझै धेरै गर्नुपर्ने छ, यस अभियानमा हामी तपाईंको साथमा छौँ।

युवाहरूले मुलुकको विकास र समृद्धिको एजेन्डालाई अगाडि बढाउन सक्ने अनुभवी नेताको रूपमा पौडेललाई चित्रण गरेका थिए।

सो अवसरमा उद्यमीहरूले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका व्यवहारिक कठिनाइहरूबारे पौडेलको ध्यानाकर्षण गराए। विशेष गरी भन्सार प्रक्रियामा रहेको झन्झट र कर प्रशासनको अस्पष्टताले गर्दा लगानीको वातावरण बिग्रिएको उनीहरूको गुनासो थियो।

उद्यमीहरूले भने,”राज्यलाई नियमसंगत कर बुझाएर करचुक्ता प्रमाणपत्र लिँदा पनि विभिन्न सरकारी कार्यालयहरूले पुनः अडिट रिपोर्ट मागेर दुःख दिने गरेका छन्। एउटै कागजातका लागि पटक(पटक झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गरिदिनु पर्यो।” उनीहरूले नीतिगत सुधार गरेर व्यवसायमैत्री वातावरण बनाउन पौडेलसँग आग्रह गरे।

बुटवलको आर्थिक र व्यावसायिक भविष्यका बारेमा केन्द्रित उक्त कार्यक्रममा बुटवल र आसपासका क्षेत्रका ८० भन्दा बढी युवा उद्यमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ पुस्तालाई स्वदेशमै बसेर काम गर्ने वातावरण निर्माण गर्न राज्यले ठोस योजना ल्याउनुपर्नेमा जोड दिएका थिए।

जवाफमा नेता पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न आफू सधैं तत्पर रहेको र नीतिगत गाँठो फुकाउन आगामी दिनमा थप सक्रिय हुने आश्वासन दिएका थिए।

युवा उद्यमी सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका समानुपाति तर्फका उम्मेदवार समेत रहेका उद्योगी एजाज आलमले रुपन्देहीको औद्योगिक बिकासका लागि नेकपा एमालेको जित आवश्यक रहेको बताए। उनले आफुले संसदमा प्रतिनिधीत्व गर्ने अवसर पाएमा रुपन्देहीको मात्रै नभई समग्र औद्योगिक बिकासका लागि पहल गर्ने बताए।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...