रुपन्देहीमा ग्यासको कृत्रिम अभाव, अनुगमनमा ५०० भन्दा बढी सिलिन्डर फेला
बुटवलरुपन्देहीमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भेटिएको छ। जिल्लामा आवश्यकताअनुसार ग्यास आयात भइरहे पनि केही व्यवसायीले ग्यास लुकाएर अभावको अवस्था बनाएको अनुगमनबाट खुलेको हो।
सोमबार इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता संघ रुपन्देहीको रोहवरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यवसायीहरूले ग्यास लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा सिलिन्डर फेला परेको इलाका प्रशासन कार्यालय बुटवलका नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए।उनका अनुसार बुटवल र सैनामैना क्षेत्रका १५ वटा ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा ५०० भन्दा बढी ग्यासका सिलिन्डर लुकाएर राखिएको अवस्थामा फेला परेको हो। हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरप्राइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लायर्स (तामनगर), कृतिका दर्शन (ढवाह), न्य...








