Author: संचार पत्र

लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
२५ जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमवार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम एक हप्ताअघि मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो ।पुनर्गठित मन्त्रिपरिषद्‍मा एमालेबाट चार जना र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । यद्यपि राई नेतृत्वको पार्टीले आधिकारिकता पाएको छैन ।नयाँ नियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहेका छन् चौधरीलाई कृषि, भूम...
तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

Breaking news 2, खेलकुद, ताजा अपडेट, समाचार
काठमाण्डौ - गए राति कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ । कोशीको इलाम, सङ्खुवासभा र गण्डकीको कास्की, गोरखा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ । गएको १२ घण्टामा इलाममा सबैभन्दा बढी ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ । आज र भोलि मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।  यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग बदली भई एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ...
रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  समसामयिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबारमा बस्नेछ ।  बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुई जना सहभागी हुन आमन्त्रण गरिएको छ । ...
एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

एशियाली खेलकुद छनोटको फाइनलमा पुग्न नेपालले आज ओमानसँग खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ - एशियाली खेलकुद क्रिकेट छनोट अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।  सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमानबीचको खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे शुरु हुनेछ ।  समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग खेल्न लागेको हो । नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।  नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।  आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् । ...
परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

परराष्ट्रमन्त्री खनाल–जयशंकरबीच द्विपक्षीय वार्ता : विभिन्न तीन वटा निर्णय

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
काठमाण्डौ - परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय वार्ता भएको छ ।  वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ । दुवै देशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  साथै विभिन्न तीन वटा निर्णय पनि भएको छ । नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । यो व्यवस्था यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेश्नल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाबीच भएको समझदारी पत्र अन्तर्गत ...
अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो । अब त्यस्तो लेखेको पाइएमा कारबाही गर्ने काउन्सिलले जनाएको छ । ऐन विपरीत अवैध रुपमा चिकित्सकको डा. उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता पनि काउन्सिलले आग्रह गरेको छ । यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ ...
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

Breaking news 2, ताजा अपडेट, विदेश, समाचार
भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आईपुग्नुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ । उहाँ यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनुभएको थियो । उहाँले मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना गर्नुभएको हो । यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रुपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि शुरु भएको थियो । कक्रोच जनता पाटीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ । ...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्। उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए।पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा ...
चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

चन्द्रकोट गाउँपालिका गुल्मीमा १ दिनमै १ सय ४१ जनाले गरे रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको चन्द्रकोट गाउँपालिकामा गरिएको रक्तदान कार्यक्रममा एकै दिन १ सय ४१जनाले रक्तदान गरेका छन्।शुक्रबार गाउँपालिका कार्यालय परिसरमा बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिका सामाजिक काममा अत्यन्त सक्रिय रहेको र पालिकावासिले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ एकै दिन १ सय ४१ जनाले रक्तदान गर्नु उदाहरणिय रहेको वताए।अध्यक्ष केसीले आफुले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा र हरेक हिसाबले अब्बल गराउन लागि परेको र प्रसस्त काम भएको वताएका छन्।उनले शिक्षा क्षेत्रमा जिल्लाका उत्कृष्ट पालिका मध्येमा पर्न सफल भएको खुसिसाट्न पाउंदा हर्षित भएको वताएका थिए। पालिका उपाध्यक्ष विष्णु भण्डारीले सामाजिक प्राणीले समाजसेवा गर्नु दायित्व रहेको र रक्तदान जस्तै पवित्र समाजसेवामा ...
आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

आज विश्व वातावरण दिवस : विभिन्न कार्यक्रम गरि मनाईदै

Breaking news 2, जीवनशैली, ताजा अपडेट, समाचार
२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । वातावरण विभागले विभिन्न सरकारी निकाय, विकास साझेदार, वातावरणविद् तथा सरोकारवाला कार्यक्रममा उपस्थिति हुने जनाएको छ ।विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृतिमैत्री विकास प्रवर्द्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागिएको जानकारी दिए । विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण...