Author: संचार पत्र

सर्वोच्चको फैसला विपरीत सरकारले थप २१ उद्योगको लाइन काट्यो

सर्वोच्चको फैसला विपरीत सरकारले थप २१ उद्योगको लाइन काट्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज
काठमाडौंऔद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरे पनि लिमिटेडले त्यसको कार्यान्वयन गर्नुको सट्टा तेस्रो दिन पनि २१ उद्योगको बिजुली र पानीको लाइन काटेको छ । देशभरि विभिन्न औद्योगिक क्षेत्र सञ्चालन गर्दै आएको व्यवस्थापन लिमिटेडले जग्गा भाडा विवादमा उद्योगहरूको पानी र बिजुलीको लाइन काटिरहेको छ ।सर्वोच्च अदालतले २०७९ सालपछि मात्रै बढेको भाडा असुल गर्न पाउने फैसला गरे पनि लिमिटेडले भने २०७५ सालदेखिकै भाडा तिर्न भन्दै उद्योगहरूलाई दबाब दिइरहेको हो ।सर्वोच्चले गरेको फैसलाविरुद्ध लिमिटेडले पुनरावलोकन निवेदन दिएको थियो । तर, बिहीबार उसको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सर्वोच्चको फैसलापछि अब लिमिटेडले २०७९ पछिको मात्रै बढेको भाडा उठाउन पाउँछ ।तर, सर्वोच्चको फैसला अनुरूप भाडा विवाद सच्याउनुको सट्टा उल्टै लाइन काट्ने क्रमलाई निरन्त...
एक दशकसम्मको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

एक दशकसम्मको कृषि अनुदानको छानबिन गर्न कार्यदल गठन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकृषि, वन तथा पर्यावरण मन्त्रालयले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।कृषि मन्त्री गिता चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन् । सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालयसमक्ष पेस गर्ने समयसीमा दिइएको छ ।कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान दुरुपयोगको अवस्था लेखाजोखा गरी सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गरिएको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान रहेको कृषि र पशुपन्छी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि र व्यावसायिक कृषिका लागि बर्सेनि विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगतका वर्षहरूमा अनुदान रकम वास्तविक तथा सीमान्त...
राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

राष्ट्रिय महाधिवेशनको तयारीमा रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँपार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ । भोलि (आइतबार) देखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने उनको भनाइ छ । ...
कक्षा १२ को नतिजा प्रकाशन: यसरी हेर्न सकिन्छ

कक्षा १२ को नतिजा प्रकाशन: यसरी हेर्न सकिन्छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ। परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको हो।गत वैशाख १४–२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए। जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए। देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो। सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो। नतिजा कसरी हेर्ने?विद्यार्थीहरूले विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्: वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको result.neb.gov.np वा नेपाल टेलिकमको neb.ntc.net.np मा लगइन गरेर।SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०...
बुटवलबाट क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनिया नागरिक पक्राउ

बुटवलबाट क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनिया नागरिक पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गरिरहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।विगत केही दिनदेखि चिनियाँ नागरिकहरूले कानुनले निषेध गरेका विभिन्न मोबाइल एप्स तथा वेबसाइटहरू प्रयोग गरी क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी टोलीले विहिबार दिउँसो अन्दाजी छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले बिनान्स एप, ओकेएस, इन्टोकन, पेटीएम, भिम एप्स, मोबिक्विक र फोनपे जस्ता वित्तीय तथा क्रिप्टो वालेट एप्स र वेबसाइटहरू मार्फत कारोबार गर्ने गरेको अनुस...
सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता विज्ञापन गरिएको भेटिए कारबाही गरिने समेत बोर्डले जनाएको छ । सामाजिक सञ्जाल मार्फत भइरहेका भ्रामक तथा झुटो विज्ञापन उपर कारबाही प्रक्रिया अगाडि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका थिए ।सञ्चार मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको हो ।बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जाल मार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार–प्र...
चेम्बरका नेता पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

चेम्बरका नेता पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
काठमाडौंनेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड–२०२६ अन्तर्गत बिहीबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न विशेष समारोहमा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो ।उद्योग–व्यवसाय क्षेत्रको विकास, निजी क्षेत्रको प्रभावकारी नेतृत्व, उद्यमशीलता प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अध्यक्ष पोखरेललाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा उद्योग, व्यापार, वित्त, बैंकिङ तथा विभिन्न पेशागत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।सम्मान ग्रहणपछि अध्यक्ष पोखरेलले यो अवार्ड सम्पूर्ण उद्योगी–व...
नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ: मन्त्री पुन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँविज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव दिए । ‘इनोभेटिभ आइडिया’ भएको जनशक्तिलाई सिर्जनात्मक कार्य गर्न उपयुक्त वातावरणसहितको स्रोतसाधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको बताउँदै मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेको धारणा व्यक्त गरे ।सरकारले औद्योगीकरण र अर्थतन्त्रमा सुधारमा जोड दिने बताउँदै उनले बजेटको एक प्रतिशत रकम विनियोजन अहिलेको लागि पर्याप्त रहेको विचार व्यक्त गरे । नवप्रवर्तन...
दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

दीपक भट्ट र शुलभ अग्रवाल जेल चलान

Breaking news 1, अपराध, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँसम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको बेञ्चले उक्त आदेश दिएको हो । उनीहरुलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् । मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए। भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो । प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते र गोल्छालाई वैशाख १० गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका निम्ति पक्रा...
बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन : प्रेस स्वतन्त्रताको संकट र भविष्यबारे बहस हुने

बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन : प्रेस स्वतन्त्रताको संकट र भविष्यबारे बहस हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
बुटवलनेपाली मिडिया क्षेत्रले भोगिरहेको आर्थिक, नीतिगत तथा प्राविधिक चुनौतीबारे व्यापक बहस गर्न आगामी असार ६ र ७ गते बुटवलमा चौथो राष्ट्रिय मिडिया सम्मेलन २०८३ आयोजना हुने भएको छ। प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीको आयोजनामा तथा नेपाल मिडिया सोसाइटीको सह–आयोजनामा हुन लागेको सम्मेलनको मूल नारा “संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य” र उपनारा “मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी” रहेको छ। आयोजकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्ला वर्षहरूमा नेपाली मिडिया उद्योग, विशेषगरी छापा सञ्चारमाध्यम, विज्ञापन बजारको संकुचन, डिजिटल प्लेटफर्मको तीव्र विस्तार, बढ्दो सञ्चालन खर्च तथा राजस्व स्रोतको कमीका कारण गम्भीर संकटबाट गुज्रिरहेको सन्दर्भमा सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनमा सरकारी विज्ञापन नीति, सञ्चारमाध्यमको दिगोपन, डिजिटल विज्ञापनको विस्...