बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण उडान



बुटवल
बुटवलको आकाशमा आज प्याराग्लाइडिङको १४ पटक सफल परीक्षण उडान तथा अवतरण गरिएको छ।

पाल्पाको नुवाकोट चुरे पहाडबाट उडान सुरु गरी बुटवल बजारको परिक्रमा गर्दै बडेल पोखरी क्षेत्रमा अवतरण गरिएको हो।

लुम्बिनी इगल आई एड्भेन्चर प्रालिका अध्यक्ष डा. किशन थापाका अनुसार सात जना पाइलटले प्याराग्लाइडिङमार्फत १४ पटकसम्म सफल उडान तथा अवतरण गरेका छन्।

स्याङ्जास्थित बाबु एड्भेन्चर प्याराग्लाइडिङ प्रालिको प्राविधिक सहयोगमा परीक्षण उडान गरिएको हो। परीक्षण सफल भएपछि अब केही समयभित्रै बुटवलमा व्यावसायिक प्याराग्लाइडिङ उडान सुरु गरिने अध्यक्ष थापाले बताए।

बुटवलमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...
बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण उडान

बुटवलमा प्याराग्लाइडिङको सफल परीक्षण उडान

बुटवलबुटवलको आकाशमा आज प्याराग्लाइडिङको १४ पटक सफल परीक्षण उडान तथा अवतरण गरिएको छ। पाल्पाको नुवाकोट चुरे पहाडबाट उडान सुर...
बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...