Author: संचार पत्र

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंमुगुका गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै घटनाको छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको जानकारी दिएका हुन् । साथै मन्त्री गुरुङले छानबिन तथा सोधपुछका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको जानकारी दिएका छन् । ...
विश्वकप फुटवल: फ्रान्स सेमीफाइनलमा, रोकियो मोरक्कोको यात्रा

विश्वकप फुटवल: फ्रान्स सेमीफाइनलमा, रोकियो मोरक्कोको यात्रा

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बुटवलजारी विश्वकपको पहिलो क्वार्टरफाइनलमा मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ । विश्वकप इतिहासमा फ्रान्स आठौँ पटक सेमीफाइनलमा पुगेको हो । अमेरिकाको बोस्टोनमा सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ६०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६६औँ मिनेटमा उस्मान डेम्बेलेले दोस्रो गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरेका थिए । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको फ्रान्सले २८औँ मिनेटमा पाएको पेनाल्टीको अवसर भने सदुपयोग गर्न सकेन । कप्तान एम्बाप्पेको प्रहारलाई मोरक्काका गोलकिपर यासिन बोनोउले उत्कृष्ट बचाउ गरेका थिए । मोरक्कोविरुद्ध गरेको एक गोलसँगै एम्बाप्पे गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले हालसम्म ८ गोल र ३ असिस्ट गरेका छन् भने अर्जेन्टिनाका लियोनेल मेसी ८ गोल र...
संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय

संवैधानिक परिषद् सम्वन्धित चार अध्यादेश निष्क्रिय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले गत वैशाखमा ल्याएका आठ अध्यादेशमध्ये चार अध्यादेश संघीय संसद्का दुवै सदनबाट पारित भएका छन् । संविधानले तोकेको ६० दिनको समयसीमाभित्र संसद्बाट पारित हुन नसकेका अन्य चार अध्यादेश भने स्वतः निष्क्रिय भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ देखि २२ वैशाखसम्म आठ वटा अध्यादेश जारी गरेका थिए । ती अध्यादेश २८ वैशाखमा संघीय संसद्का दुवै सदनमा पेस गरिएका थिए । संविधानको धारा ११४ अनुसार संसद्का दुवै सदनमा अध्यादेश पेस भएको ६० दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक दुवै सदनबाट पारित भइसक्नुपर्छ । नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ । ती आठ अध्यादेशको ६० दिनको संवैधानिक समयसीमा बिहीबारसम्म थियो । सरकारले जारी गरेका आठ अध्यादेशमध्ये सुरुबाटै राजनीतिक विवादमा परेका चार अध्यादेशलाई संसद्को नियमित प्रक्रियामै अघि नबढाई ‘होल्ड’ गरिएको थियो ।...
विश्वकप फुटबल: एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनल प्रवेश

विश्वकप फुटबल: एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स सेमिफाइनल प्रवेश

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंजारी फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। बोस्टन स्टेडियममा आज सम्पन्न रोमाञ्चक खेलमा फ्रान्सलाई जिताउन कप्तान किलियन एमबाप्पे र ओस्मान डेम्बेलेले दोस्रो हाफमा १-१ गोल गरे। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो। खेलको २६ औं मिनेटमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, जसमा किलियन एमबाप्पेको प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै पहिलो हाफसम्म मोरक्कोलाई खेलमा जीवितै राखेका थिए। पहिलो हाफमा फ्रान्सले निरन्तर दबाब बनाए पनि गोल गर्न सकेको थिएन। खेलको ६०औं मिनेटमा पहिलो हाफमा पेनाल्टी चुकेका किलियन एमबाप्पेले आफ्नो व्यक्तिगत जादु देखाए। उनले डिबक्सको किनारामा बल नियन्त्रणमा लिँदै मोरक्कोको बलियो डिफेन्सलाई चिरेर उत्कृष्ट गोल गर्द...
‘बालेनका पुलिस होइनौं’ भन्ने अभिव्यक्तिका कारण डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

‘बालेनका पुलिस होइनौं’ भन्ने अभिव्यक्तिका कारण डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारेमा जानकारी लिन र आवश्यक सोधपुछ गर्न जिल्ला बोलाइएको जनाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए । उनले भनेका थिए- 'हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो, यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनु हुन्न । हाम...
एमालेमा मत सर्वेक्षण : ओली हटाउनुपर्छ भन्ने ८७ दशमलव ६ प्रतिशत

एमालेमा मत सर्वेक्षण : ओली हटाउनुपर्छ भन्ने ८७ दशमलव ६ प्रतिशत

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा (एमाले)का युवाले पार्टी रुपान्तरण र पुनर्संरचनाको लागि गरेको मत सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको छ ।१८ वटा प्रश्न सोधेर गुगल फर्ममार्फत सर्वेक्षण गरिएको थियो । जसमा हालको नेतृत्व (केपी ओलीसहित) परिवर्तनको पक्षमा ८७ दशमलव ६ प्रतिशत नतिजा आएको देखिएको छ । एमाले रुपान्तरण हुनुपर्छ भन्ने पक्षमा ९१ दशमलव ४ प्रतिशत देखिएको छ । ...
अध्यादेश प्रतिस्थापन चार वटै विधेयक राष्ट्रिय सभाबाट पारित

अध्यादेश प्रतिस्थापन चार वटै विधेयक राष्ट्रिय सभाबाट पारित

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई पारित गर्ने प्रस्ताव राखेकी थिइन् । जसलाई सभाले स्वीकार गर्‍यो ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखे ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखिन् ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव राखिन् । चार वटै विधेयकलाई सभाले पारित गर्‍यो ।यही असार २३ गते राष्ट्रिय सभाले...
शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी, विदेशमा विद्यार्थी अलपत्र परे संस्थाबाटै क्षतिपूर्ति

शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी, विदेशमा विद्यार्थी अलपत्र परे संस्थाबाटै क्षतिपूर्ति

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंशैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने भएको छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनु पर्ने भनिएको छ । सेवा सञ्चालन गर्न चाहने संस्थाले कार्य सञ्चालन गर्नुपूर्व शिक्षा मन्त्रालयमा अनुमतिका लागि निवेदन दिनु पर्नेछ ।निवेदनका सम्बन्धमा मन्त्रालयले अधिकृतद्वारा जाँचबुझ गराउन सक्नेछ । र, निवेदनका बेहोरा मनासिव देखिएमा धरौटी राख्न लगाई तीन महिनाभित्र शैक्षिक परामर्श सेवाको कार्य प्रारम्भ गर्ने गरी अनुमति प्रदान गरिने छ । शैक्षिक परामर्श सेवाको लागि धरौटी रकम २५ लाख र शाखा थपमा पनि २५ लाख नै राख्नु पर्ने भनिएको छ ।अनुमतिपत्र प्राप्त संस्थाले प्रचलित कम्पनी कानुनबमोजिम शाखा विस्तार गरेमा त्यस्तो विस्तार भएको शाखाबाट सेवा सञ्चालन गर्न निवेदन दिनु पर्ने...
प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक आज बस्दै

प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक आज बस्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ । आज कृषि तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।बिहान ८ बजेदेखि बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका अनुसन्धान केन्द्र एवं कार्यक्रमहरूको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षाको कार्यसूची रहेको छ । बिहान साढे ८ बजेदेखि बस्न लागेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन २०८३ पेश र छलफलको कार्यसूची रहेको छ भने विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलो...
यि हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

यि हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।उनका अनुसार, बुधबारको बैठकले सरकारको मुख्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद् बैठकका निर्णयहरू-१. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय२. कैलालीमा रहेको गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान३. ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत ४. ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत ५.का...