Author: संचार पत्र

प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान गरेका छन्।  संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।  प्रधानमन्त्री ओलीले आगामी असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। न्युयोर्कमा रहँदा प्रधानमन्त्री...

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराईएको छ नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् । ...
मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अधिवेशन सम्पन्न

मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अधिवेशन सम्पन्न

ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको २५औं अधिवेशन विहिबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मानव अधिकारका क्षेत्रमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अग्रसरता उल्लेखनीय रहेको उल्लेख गरे। संविधान दिवसकाे दिन गरिएकाे अधिवेशनमा वाेल्दै उनले लामो संघर्षले संविधान प्राप्ति भएको र हरेक व्यक्तिले उपलब्धि प्राप्ति गर्न यसलाई परिस्कृत गर्दै जानुपर्ने बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल ,वरिष्ठ उपध्यक्ष कृष्ण बहादुर रावल ,निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार गोविन्द खनाल, रूपन्देहीको सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा ,केन्द्रीय महासचिव रेणुका पौडेल ,नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शान्ति समाजको क्रियाशीलता उल्लेख्य रहेको बताए। कार...
रोल्पाली टिमुरमा विदेशीको चासो, व्यवसायिक खेतीका लागि सर्वेक्षण हुँदै

रोल्पाली टिमुरमा विदेशीको चासो, व्यवसायिक खेतीका लागि सर्वेक्षण हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
 रोल्पामा उत्पादन हुँदै आएको अर्गानिक टिमुरमा विदेशी कम्पनीहरुले समेत चासो देखिएपछि यसलाई व्यवसायिक खेतीमा लुम्बिनी प्रदेश सरकारले समेत अग्रसरता लिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताएका छ् ।  लुम्बिनी प्रदेशका पहाडी भू-भागमा अर्गानिक टिमुर खेति हुँदै आएको छ । टिमुरको व्यवसायिक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न सकिने बताउँदै मुख्यमन्त्री अचार्यले दातृ निकाय तथा उद्यमीहरुसँग बिहिवार राप्ती उपत्यका देउखुरीमा छलफल गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि सम्वोधन गरिएको समेत मुख्यमन्त्रीले सो क्रममा जानकारी गराए । ‘हाम्रा पहाडी भू-भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाईदा हुनेगरी टिमुर उत्पादन गर्न ...
राजदूतमा १२ जना सर्वसम्मत, ४ बहुमतले अनुमोदित

राजदूतमा १२ जना सर्वसम्मत, ४ बहुमतले अनुमोदित

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 मन्त्रिपरिषद्बारा १७ मुलुकका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । समितिले १२ जनालाई सर्वसम्मत र चार जनालाई बहुमतबाट बिहीबार अनुमोदन गरेको हो । शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगरिँदा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका सम्बन्धमा भने समितिले निर्णय थाती राखेको छ ।  दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, रुसका लागि जंगब चौहान, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रीता धिताल, जर्मनीका लागि शैल रूपाखेती र डेनमार्कका लागि सुम्निमा तुलाधर संसदीय समितिमा सर्वसम्मतले अनुमोदित भएका छन् । चीनका लागि कृष्णप्रसाद ओली, साउदी अरबका लागि नरेशविक्रम ढकाल, कतारका लागि रमेशचन्द्र पौडेल, स्पेनका लागि सलिन नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई अनुमोदन गर्न सर्वसम्मत निर्णय भएको थियो । भ...
मुलुकलाई अस्थिरतामा धकेलेर स्वार्थ पूरा गर्ने शक्ति सक्रिय हुँदैछ : पूर्व मुख्यमन्त्री गिरी

मुलुकलाई अस्थिरतामा धकेलेर स्वार्थ पूरा गर्ने शक्ति सक्रिय हुँदैछ : पूर्व मुख्यमन्त्री गिरी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य लिला गिरीले मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिरहेको आरोप लगाएका छन् । ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने, र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै चिन्ता व्यक्त गरे । मुलुकको राजनीतिक परिवर्तनलाई बचाउन ठूला दलहरुले अब सोच्नुपर्ने बेला आएको बताउँदै उनले सामाजिक अराजकता फैलाउने गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशनका अवसरमा बोल्दै गिरीले दलहरुले आफ्ना कमजोरी सुधार गर्नुका साथै स्थापित गरेका राजनीतिक मुल्य र मान्यताहरुलाई जनतामाझ बुझाउन आवश्यक रहेको उल्लेख गरे । यसैगी पार...
संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

Breaking news 2, अपराध, ताजा अपडेट, विविध, समाचार, स्थानीय
३ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।एसपी अधिकारीका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ । पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । ...
नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली

नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, स्थानीय
३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ ।संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने । संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।‘समानुकूल बनाउने भनेको ...
नागरिकको तिब्र आकांक्षालाई सम्वोधन गर्न राजनीतिक दलमा दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

नागरिकको तिब्र आकांक्षालाई सम्वोधन गर्न राजनीतिक दलमा दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, स्थानीय
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताउनु भएको छ । संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकार वाल निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताउनु भएको हो । सम्वोधनको क्रममा उहाँले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको बताउनु भयो । दिर्घकालीन लक्ष निर्धारण गरेर प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाले अन्य प्रदेशको तुलनामा लुम्बिनी अग्रणी स्थानमा रहेको बताउनु भएको हो । ‘नेपालको संविधान, १६ औँ आवधिक योजना, दिगो विकासका लक्ष एवम् अन्तरराष्ट्रिय प्रतिवद्धता, लुम्बिनी प्रद...
आज संविधान दिवस, टुँडिखेलदेखि दरबारमार्गसम्म विशेष कार्यक्रम

आज संविधान दिवस, टुँडिखेलदेखि दरबारमार्गसम्म विशेष कार्यक्रम

Breaking news 1, जीवनशैली, ताजा अपडेट, समाचार, स्थानीय
३ असोज, काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् । टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ । आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि एक कार्यक्रम आयोजना गरेका छन् । साँझ भने दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना हुँदै छ । ‘नेशनल डे कन्सर्ट’ नाममा हुन लागेको सांगीतिक कार्यक्रमका...