नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली


३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ ।संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने ।

संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।‘समानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो,’ उनले भने, ‘मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’उनले राजनीतिक तहमा देखिएको अस्थिरिताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सकिने बताएका छन् ।

‘म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसदको गणितीय संख्यामा मात्र हेर्ने छैनौं । सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिने छ ।’

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...