रोल्पाली टिमुरमा विदेशीको चासो, व्यवसायिक खेतीका लागि सर्वेक्षण हुँदै


 रोल्पामा उत्पादन हुँदै आएको अर्गानिक टिमुरमा विदेशी कम्पनीहरुले समेत चासो देखिएपछि यसलाई व्यवसायिक खेतीमा लुम्बिनी प्रदेश सरकारले समेत अग्रसरता लिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताएका छ् । 

लुम्बिनी प्रदेशका पहाडी भू-भागमा अर्गानिक टिमुर खेति हुँदै आएको छ । टिमुरको व्यवसायिक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न सकिने बताउँदै मुख्यमन्त्री अचार्यले दातृ निकाय तथा उद्यमीहरुसँग बिहिवार राप्ती उपत्यका देउखुरीमा छलफल गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागि सम्वोधन गरिएको समेत मुख्यमन्त्रीले सो क्रममा जानकारी गराए ।

‘हाम्रा पहाडी भू-भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाईदा हुनेगरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग गर्न तयार छ ।’–मुख्यमन्त्री आचार्यले भने, ‘यूरोप, अमेरिकामा यसको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजारसम्म पुर्याउन सकिन्छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा टिमुर खेति प्रवर्द्धन गर्न ७० लाख बजेट विनियोजन गरेको छ । 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य वसीउद्दीन खाँ, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले लगायतसंग फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेण्डरले भेट गरेका हुन् । भेटको क्रममा उनले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताए । नेपाली टिमुरलाई पूर्ण विषादीमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्गानिक उत्पालनको रुपमा मुल्य समेत राम्रो पाउने धारणा उनको थियो ।

पूर्व मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्न सक्ने आधार रहेको बताए ।

५० हजार हेक्टरमा टिमुर खेतिको सम्भावना

लुम्बिनी प्रदेशमा जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ र जस मध्य ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ । एक हेक्टर जमिनमा चार सय विरुवा हुर्काउने सकिने, एउटा विरुवाबाट मात्रै तीन केजी सम्म टिमुर उत्पादन गर्न सकियो भने प्रति वर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार रहेको सम्मेलनको निश्कर्ष थियो । प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँ किलोमा सहजै विक्रि हुने गरेको छ । यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा दुई लाख ९० हजार पाँच सय १९ किलो टिमुर निर्यात भएको छ । 

रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यवसायीक खेति हुँदै आएको छ । बिषादीरहित टिमुरलाई विश्व बजारमा पुर्याउदा त्यहाँबाट राम्रो आम्दानी हुन सक्ने भएपछि सर्वेक्षण समेत सुरु भएको छ । माडीगाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । यहाँ पाइने अर्गानिक टिमुरलाई विश्व बजारमा पुर्याउन सकिने बारेमा विदेशी कम्पनीहरुले चासो देखाएर अध्ययन, सर्वेक्षण थालेका हुन ।

छुटाउनुभयो कि ?

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौ - फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित ...
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

काठमाण्डौ - सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर...
अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले...
बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका ए...