मुलुकलाई अस्थिरतामा धकेलेर स्वार्थ पूरा गर्ने शक्ति सक्रिय हुँदैछ : पूर्व मुख्यमन्त्री गिरी


बुटवल

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य लिला गिरीले मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिरहेको आरोप लगाएका छन् । ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने, र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै चिन्ता व्यक्त गरे । मुलुकको राजनीतिक परिवर्तनलाई बचाउन ठूला दलहरुले अब सोच्नुपर्ने बेला आएको बताउँदै उनले सामाजिक अराजकता फैलाउने गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशनका अवसरमा बोल्दै गिरीले दलहरुले आफ्ना कमजोरी सुधार गर्नुका साथै स्थापित गरेका राजनीतिक मुल्य र मान्यताहरुलाई जनतामाझ बुझाउन आवश्यक रहेको उल्लेख गरे । यसैगी पार्टीको मिसन चौरासिमा लाग्न नेता कार्यकर्तालाई आह्वान गर्दै उनले स्थानीय, प्रदेश र संघमा समेत एमालेले बहुमत प्राप्त गर्नेगरी जनतामाझ जान नेता कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई हार्ने अनुमति नभएको स्पष्ट पार्दै उनले हालसम्म गरेका सकारात्मक कामहरुको सन्देश जनतामा लैजाने काम पार्टी कार्यकर्ताले गर्नुपर्नेमा जोड दिए । राजनीतिक परिवर्तन होस वा भौतिक पूर्वाधारको बिकासमा एमाले नेतृत्वले गरेका राम्रा कामहरु जनतालाई बुझाउन नसकिएको बताउँदे उनले अब समीक्षासहित जनतामा जानुपर्ने बेला आएको उल्लेख गरे ।

यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले रुपन्देहीबाटै आर्थिक समृद्धिको सुरुवात गर्नु पर्नेमा जोड दिए । एमालेकै नेतृत्वमा रुपन्देही बिकासको मोडेलको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले अझ धेरै गर्न बाँकी रहेको समेत उल्लेख गरे ।

प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, विमला श्रेष्ठ लगायतले बोल्दै बुटवललाई आर्थिक राजधानीको रुपमा स्थापित गर्नका लागि एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गरे । पार्टीका वडा अध्यक्ष कला केसीले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधिहरुसहितको आर्थिक तथा सांगठनिक प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । सचिव तिलक पराजुलीको सञ्चालन तथा उपाध्यक्ष टंक कुमार खड्काको स्वागतमा कार्यक्रम भएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...