मुलुकलाई अस्थिरतामा धकेलेर स्वार्थ पूरा गर्ने शक्ति सक्रिय हुँदैछ : पूर्व मुख्यमन्त्री गिरी


बुटवल

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य लिला गिरीले मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु लागिरहेको आरोप लगाएका छन् । ठूला राजनीतिक दलहरुले केही गर्न सकेनन् भनेर हल्ला फिजाउने, र उनीहरले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरुलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै चिन्ता व्यक्त गरे । मुलुकको राजनीतिक परिवर्तनलाई बचाउन ठूला दलहरुले अब सोच्नुपर्ने बेला आएको बताउँदै उनले सामाजिक अराजकता फैलाउने गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशनका अवसरमा बोल्दै गिरीले दलहरुले आफ्ना कमजोरी सुधार गर्नुका साथै स्थापित गरेका राजनीतिक मुल्य र मान्यताहरुलाई जनतामाझ बुझाउन आवश्यक रहेको उल्लेख गरे । यसैगी पार्टीको मिसन चौरासिमा लाग्न नेता कार्यकर्तालाई आह्वान गर्दै उनले स्थानीय, प्रदेश र संघमा समेत एमालेले बहुमत प्राप्त गर्नेगरी जनतामाझ जान नेता कार्यकर्तालाई निर्देशन दिए । आगामी निर्वाचनमा एमालेलाई हार्ने अनुमति नभएको स्पष्ट पार्दै उनले हालसम्म गरेका सकारात्मक कामहरुको सन्देश जनतामा लैजाने काम पार्टी कार्यकर्ताले गर्नुपर्नेमा जोड दिए । राजनीतिक परिवर्तन होस वा भौतिक पूर्वाधारको बिकासमा एमाले नेतृत्वले गरेका राम्रा कामहरु जनतालाई बुझाउन नसकिएको बताउँदे उनले अब समीक्षासहित जनतामा जानुपर्ने बेला आएको उल्लेख गरे ।

यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले रुपन्देहीबाटै आर्थिक समृद्धिको सुरुवात गर्नु पर्नेमा जोड दिए । एमालेकै नेतृत्वमा रुपन्देही बिकासको मोडेलको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले अझ धेरै गर्न बाँकी रहेको समेत उल्लेख गरे ।

प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, विमला श्रेष्ठ लगायतले बोल्दै बुटवललाई आर्थिक राजधानीको रुपमा स्थापित गर्नका लागि एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गरे । पार्टीका वडा अध्यक्ष कला केसीले आफ्नो कार्यकालमा गरेका विभिन्न गतिविधिहरुसहितको आर्थिक तथा सांगठनिक प्रतिवदेन प्रस्तुत गरेकी थिइन् । सचिव तिलक पराजुलीको सञ्चालन तथा उपाध्यक्ष टंक कुमार खड्काको स्वागतमा कार्यक्रम भएको थियो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...