मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अधिवेशन सम्पन्न


बुटवल

मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको २५औं अधिवेशन विहिबार बुटवलमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मानव अधिकारका क्षेत्रमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको अग्रसरता उल्लेखनीय रहेको उल्लेख गरे। संविधान दिवसकाे दिन गरिएकाे अधिवेशनमा वाेल्दै उनले लामो संघर्षले संविधान प्राप्ति भएको र हरेक व्यक्तिले उपलब्धि प्राप्ति गर्न यसलाई परिस्कृत गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बराल ,वरिष्ठ उपध्यक्ष कृष्ण बहादुर रावल ,निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार गोविन्द खनाल, रूपन्देहीको सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा ,केन्द्रीय महासचिव रेणुका पौडेल ,नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शान्ति समाजको क्रियाशीलता उल्लेख्य रहेको बताए। कार्यक्रम रूपन्देहीका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षता तथा उपाध्यक्ष कपिल ज्ञवालीको स्वागत ,सचिव कृष्ण पाण्डेको सञ्चालनमा भएको थियो।

अधिवेशनले अर्जुन ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे ,सचिवमा लिलाधर लुइटेल , सहसचिवमा अर्जुन कुँवर, कोषाध्यक्षमा मोहनीलाल न्यौपाने तथा सदस्यहरूमा केशवराज पाण्डे, कृष्ण भण्डारी, रत्न कंडेल कल्पना ढकाल, कल्पना रसाली र उमादेवकोटा रहेका छन् । साथै मनोनित सदस्यहरूमा सीता भट्टराई, दिनेशमणि सुवेदी ,सागर भुसाल र छमकला पौडेल छनाेट भएका छन्।

Enter

You sent

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...