विश्व पर्यटन दिवस : यि हुन् लुम्विनी प्रदेशका पर्यटकीय स्थलहरु
हिमालयको काखमा अवस्थित हाम्रो देश हरियाली प्राकृतिक सौन्दर्यले भरिपुर्ण रुपमा सजिएको सुन्दर राष्ट्र हो भन्ने कुरा पनि सर्वविदितै छ। यहाँका गगनचुम्बी हिमाली दृश्यहरु हेर्न र सांस्कृतिक पक्षलाई अवलोकन गर्न धेरै राष्ट्रका विदेशी पर्यटकहरु नेपालमा आउने गर्छन। त्यसैले हामी हाम्रै आगनमा भएका स्थानहरुको समय समयमा भ्रमण गरेर आनन्द लिनु पर्छ। त्यसैले यस पटकको बिश्व पर्यटन दिवसका अवसरमा घुम्नका लागि हामीले लुम्विनी प्रदेशका यि ठाउहरु सिफारिस गरेका छौं।
लुम्बिनी विश्वमा नेपाल मन्दिरै मन्दिरको धार्मिक संस्कृति सम्पन्न राष्ट्र हो । यसै मुलुकको लुम्बिनीमा जन्मेको गौतम बुद्ध जस्ता ज्ञानका ज्योतीले नेपालको पौराणिक धार्मिक गाथालाई उच्च राखेको कुरा बौद्धिक ग्रन्थमा उल्लेख भएको पाईन्छ। लुम्विनीले तराई क्षेत्रको सानो भु-भाग मात्र ओगटेको भएपनि धार्मिक दृष्टिले अत्यन्त महत्वपुर्ण श्रद्धा भक्त...








