एनपिए लुम्बिनीले मनायो अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवश


बुटवल

औषधि व्यवसायीहरूको छाता संगठन(NPA) नेपाल फर्मास्युटिकल एसोसिएसन लुम्बिनी प्रदेश कमिटीले बुधबार रूपन्देहीको तिलोत्तमा भलबारी स्थित सनराइज फुट्सलमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।

लुम्बिनी प्रदेशका ८ वटा टिम सहभागी भएको खेलमा बुटबल हस्पिटल प्राली प्रथम भएको छ भने एसियन फर्मास्युटिकल प्रालीले दोस्रो स्थान हासिल गरेको छ। २५ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवसको अवसरमा लुम्बिनी प्रदेश कमिटीले प्रथम एनपीए फुट्सल कप आयोजना गरेको हो।

संस्थाले खेलसँगै रूपन्देहीको भैरहवा मिलनचोक देखि बुद्धचोकसम्म जनचेतनामूलक र्यालि समेत निकालेकाे थियो। र्यालीबाट औषधि दुरुपयोग नगर्ने ,आधिकारिक औषधि विक्रेताबाट मात्र औषधि खरिद बिक्री गर्ने जस्ता सन्देशमूलक नाराहरू समेटिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अमृत गौरोले एसोसिएसनमा आवद्व व्यवसायीहरूमा एकता ,सद्भाव, मनोरञ्जन र व्यायाम गर्ने उद्देश्यले लुम्बिनी प्रदेश कमिटीले खेल आयोजना गरेकोमा धन्यवाद प्रकट गर्दै व्यवसायीहरू थप रचनात्मक हुन सुझाव दिए।

एसोसिएसनका प्रदेश कमिटी अध्यक्ष भोजराज बस्यालको अध्यक्षतामा सञ्चालन गरिएको खेलकाे सञ्चालन संस्थाका सचिव सचिन अर्यालले गरेका थिए ।

खेलमा प्रथम, दोस्रो स्थान हासिल गर्ने सँगै नेपाल रेमेडीज, सिद्धार्थ फर्मास्युटिकल ,ड्युहार नेपाल ,एक्का फार्मा , बायोगेन रेमेडीज र एसियन टाइटेण्ड गरी ८ वटा संस्थाकाे सहभागीता थियाे।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...