एनपिए लुम्बिनीले मनायो अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवश


बुटवल

औषधि व्यवसायीहरूको छाता संगठन(NPA) नेपाल फर्मास्युटिकल एसोसिएसन लुम्बिनी प्रदेश कमिटीले बुधबार रूपन्देहीको तिलोत्तमा भलबारी स्थित सनराइज फुट्सलमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।

लुम्बिनी प्रदेशका ८ वटा टिम सहभागी भएको खेलमा बुटबल हस्पिटल प्राली प्रथम भएको छ भने एसियन फर्मास्युटिकल प्रालीले दोस्रो स्थान हासिल गरेको छ। २५ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय फार्मासिस्ट दिवसको अवसरमा लुम्बिनी प्रदेश कमिटीले प्रथम एनपीए फुट्सल कप आयोजना गरेको हो।

संस्थाले खेलसँगै रूपन्देहीको भैरहवा मिलनचोक देखि बुद्धचोकसम्म जनचेतनामूलक र्यालि समेत निकालेकाे थियो। र्यालीबाट औषधि दुरुपयोग नगर्ने ,आधिकारिक औषधि विक्रेताबाट मात्र औषधि खरिद बिक्री गर्ने जस्ता सन्देशमूलक नाराहरू समेटिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल फर्मास्युटिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अमृत गौरोले एसोसिएसनमा आवद्व व्यवसायीहरूमा एकता ,सद्भाव, मनोरञ्जन र व्यायाम गर्ने उद्देश्यले लुम्बिनी प्रदेश कमिटीले खेल आयोजना गरेकोमा धन्यवाद प्रकट गर्दै व्यवसायीहरू थप रचनात्मक हुन सुझाव दिए।

एसोसिएसनका प्रदेश कमिटी अध्यक्ष भोजराज बस्यालको अध्यक्षतामा सञ्चालन गरिएको खेलकाे सञ्चालन संस्थाका सचिव सचिन अर्यालले गरेका थिए ।

खेलमा प्रथम, दोस्रो स्थान हासिल गर्ने सँगै नेपाल रेमेडीज, सिद्धार्थ फर्मास्युटिकल ,ड्युहार नेपाल ,एक्का फार्मा , बायोगेन रेमेडीज र एसियन टाइटेण्ड गरी ८ वटा संस्थाकाे सहभागीता थियाे।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...