शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक


काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) ५६ रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस  राेक लगाउने निर्णय गरेको हो। 

आगामी ३ दिन अति भारी  बर्षा हुने भएका कारण विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा उक्त दिन रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन। त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

के के नगर्न भनिएकाे छ  विज्ञप्तिमाः

  • रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा असोज ११ र १२ गते रात्रीकालीन बस नचलाउने ।
  • धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने ।
  • तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराखे ।
  • पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने ।
  • खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहने ।
  • यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्ने ।
  • बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्ने ।
  • पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहने ।
  • विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्ने ।

छुटाउनुभयो कि ?

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...