शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक


काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (असोज ११ र १२) ५६ रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै प्राधिकरणले हिमाली र पहाडी जिल्लाहरूमा रात्रिकालीन बस  राेक लगाउने निर्णय गरेको हो। 

आगामी ३ दिन अति भारी  बर्षा हुने भएका कारण विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा उक्त दिन रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसार अन्त्यन्त जरुरी अवस्थामा रहेका बाहेक अन्य यात्रा नगर्ने लगायतका निर्णय गरेको प्रवक्ता डा. डिजन भट्टराईले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन। त्यस्तै, धान तत्काल नकाट्न र काटिसकेको भए थन्काउन पनि विज्ञप्तिमा आग्रह गरिएको छ।

के के नगर्न भनिएकाे छ  विज्ञप्तिमाः

  • रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आँकलन गर्न कठिन हुने भएकोले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा असोज ११ र १२ गते रात्रीकालीन बस नचलाउने ।
  • धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने ।
  • तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराखे ।
  • पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने ।
  • खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहने ।
  • यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्ने ।
  • बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्ने ।
  • पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहने ।
  • विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्ने ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...