
लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन ।
कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ । केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे ।