बुटवल गोलपार्क-वेलहिया ६ लेन सडक निर्माण १ बर्षमा पूरा हुने


श्रीराम ज्ञवाली

बुटवल

रुपन्देहीकाे बेलहिया–बुटवल सडकखण्डको निर्माण एवं विस्तारकार्य गर्नका लागि ६ अर्ब लगानिमा, करिब ८ वर्षअघि बेलहिया–बुटवल सडक विस्तारको काम हात पारेका १२ वटा निर्माण कम्पनिहरु मध्ये १० निर्माण कम्पनिहरुले काम पूरा गरे ।

तथापि बुटवलकाे राजमार्ग चाैराह देखि गाेलपार्क सम्मकाे सडक निर्माणकाे जिम्मा पाएकाे बिरुवा पञ्चकन्या जेभि निर्माण कम्पनि र वेलहिया चाेक देखि वेलहिया वाईपास सम्मकाे सडक निर्माणमा ठेक्का पाएकाे बिरुवा कन्ट्रक्सन निर्माण कम्पनिले ५०प्रतिषत भुक्तानि लिई नाला र पहिलाे पिचकाे काम पूरा गरि , बांकि काम गर्न नसकिने भनी छाडे।

हालसम्म पनि पूरा नगरेको सडकको अवस्था जीर्ण बनाएर अलपत्र पारेपछि अहिले सर्वसाधारण तथा सवारी साधनलाई आवागनमा निकै सास्ती खेप्दै आएको दुःखेसो आमनागरिकसँग छ । यो अवधिमा यहाँका विभिन्न सरोकारवालाहरुले पटक–पटक सम्बन्धित निकायमा बुझाउँदै, सडकका कारण आवागमन, उच्च दुर्घटनाको जोखिम, व्यापार घाटा लगायतका समस्या देखाउँदै यथाशिघ्र निर्माण कम्पनीका ठेकेदारलाई सडक विस्तारको कामलाई शुरु गर्न भन्दै ज्ञापन पत्र बुझाए। तर ठेकेदार पक्षले भित्रभित्रै पैसा हात पार्ने काम नगर्ने प्रवृत्तिले उक्त आयोजना अहिले अलपत्र अवस्थामा छ।

यतिमात्रै होइन, पछिल्लो समय जब चुनाव आउँछ, त्यतिबेला मात्रै सडकमा आयोजना हुने राजतीनिक कार्यक्रममा बाेल्ने नेताहरुले एउटा आवाज उठाउने र अर्काे विरोध भाषा बाेल्ने भएकाले पनि पछिल्लो समय सो सडकमा राजनितिक घुसेको भन्ने जनगुनासोसमेत हुन थालेको थियो ।

निर्माणाधीन सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा पैदलयात्री देखि व्यापारीसम्मले सास्ती ब्यहोर्दै आएका छन् ।

२०७६ असोजमा पूरा गर्ने गरी सम्झौता भएकोमा सडकको ८२ फुट क्षेत्रभित्र घर परेका घरधनीले अदालतमा मुद्दा हालेपछि २ वर्ष काम रोकिएको थियो । २०७५ साल वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्नेगरी पहिलो पटक म्याद थपिएको थियो । तर निर्माण कम्पनीले काम गर्न नपाएको भन्दै दोस्रो पटक २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्याद थप गरेको थियो ।

त्यसयता काम गर्न कुनै अवरोध नभए पनि ठेकेदारको लापरवाही गरेकाले सडक निर्माणले गति लिन सकेन । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार ठेकेदारलाई बारम्बार ताकेता गर्दापनि ठेकेदारले काम गर्न व्यवास्ता गरेकाले सडकको काम अझै अलपत्र पर्दै आएको थियाे।

अहिले बुटवल चैराहा देखि गाेलपार्क सम्म ६लेन सडक निर्माणका लागि वावुल दर्शन मालिका जेभिले ५०कराेडमा ठेक्का हात पारेकाे छ। यसैगरि वेलहिया चाेक देखि वेलहिया वाईपास सम्म ६ लेन सडक निर्माणका लागि वावुल निर्माण सेवाले ७ करेाडमा निर्माण पूरा गर्ने गरि संझाैता गर्दै छन्। दुवै निर्माण कम्पनिले अवकाे १ बर्ष भित्र निर्माण पूरा गर्ने गरि सम्झाैता गर्न लागेकाे सडक डिभिजन बुटवलका सुचना अधिकारी ईन्जिनियर महेसश्वर लम्सालले वताए ।

छुटाउनुभयो कि ?

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

अहिलेसम्मकै ठूलो फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदै

२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले...
बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

बिमा दाबी गर्न आफ्नै पसलबाट सुनचाँदी चोरीको नाटक

पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका ए...
देशका धेरैजसो ठाउँमा वर्षा

देशका धेरैजसो ठाउँमा वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ ।  पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा...
विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अघि बढाउने नवनियुक्त मन्त्री पुनको प्रतिवद्धता

काठमाण्डौ - नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ ।  राष्ट्रपतिसमक्ष प...