विश्व पर्यटन दिवस : यि हुन् लुम्विनी प्रदेशका पर्यटकीय स्थलहरु


हिमालयको काखमा अवस्थित हाम्रो देश हरियाली प्राकृतिक सौन्दर्यले भरिपुर्ण रुपमा सजिएको सुन्दर राष्ट्र हो भन्ने कुरा पनि सर्वविदितै छ। यहाँका गगनचुम्बी हिमाली दृश्यहरु हेर्न र सांस्कृतिक पक्षलाई अवलोकन गर्न धेरै राष्ट्रका विदेशी पर्यटकहरु नेपालमा आउने गर्छन।  त्यसैले हामी हाम्रै आगनमा भएका स्थानहरुको समय समयमा भ्रमण गरेर आनन्द लिनु पर्छ। त्यसैले यस पटकको बिश्व पर्यटन दिवसका अवसरमा घुम्नका लागि हामीले लुम्विनी प्रदेशका यि ठाउहरु सिफारिस गरेका छौं।

लुम्बिनी 
विश्वमा नेपाल मन्दिरै मन्दिरको धार्मिक संस्कृति सम्पन्न राष्ट्र हो । यसै मुलुकको लुम्बिनीमा जन्मेको गौतम बुद्ध जस्ता ज्ञानका ज्योतीले नेपालको पौराणिक धार्मिक गाथालाई उच्च राखेको कुरा बौद्धिक ग्रन्थमा उल्लेख भएको पाईन्छ। लुम्विनीले तराई क्षेत्रको सानो भु-भाग मात्र ओगटेको भएपनि धार्मिक दृष्टिले अत्यन्त महत्वपुर्ण श्रद्धा भक्तिको रुपमा रहि आएको पाईन्छ। बुद्धको महान विचारले गर्दा नै यो स्थान पवित्र र गरिमामय भएको छ। 
लुम्विनी भन्ने बित्तिकै रामग्राम, भवानीपुर तिलौराकोट, सरगहवा, निग्लहिवा, कुदान, गोटीहवा, आरोराकोट, सरडुम, सिसहनिया लगायतका क्षेत्रहरु समेटिएको बृहद लुम्विनी भन्ने बुझ्नु पर्छ।  

देवदह 
रुपन्देही जिल्लामा पर्ने देवदह (केरवानी) हालको देवदह नगरपालिका भौतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। लुम्बिनीको २४ कि.मि उत्तरपूर्व सपिरन गाउ, रोहिनी नदी किनार तथा चुरे पहाडको काखमा अवस्थित यो पवित्रस्थल गौतम बुद्धको मावली तथा ससुराली कोलिय राज्यको राजधानी देवदह रुपमा लिईन्छ। कपिलवस्तुको शाक्य राज्यको पूर्वपट्टी रोहिनी नदी किनारमा अवस्थित यसै कोलिय नगर र शाक्य परिवारविच परस्पर सम्बन्ध रहेको तथ्य विशेष मह्त्व मानिन्छ । देवदहको बारेमा बौद्ध साहित्य ग्रन्थ, बुद्धघोष, त्रिपिटक, जातक, अर्थकथा, धम्मपद, संयुक्त निकाय, महावंश आदिमा स्पष्ट उल्लेख भएको पाईन्छ। त्यस बखतको पहिलो सन्तान माइती घरमा आएर पाउने चलन अनुसार राजकुमार सिदार्थको जन्म गराउन मायादेवीले कपिलवस्तु दरबारबाट देवदह दरबारतर्फ आउदै गर्दा लुम्बिनी ग्रामको अति सुन्दर स्थानमा पाउनु भएको थियो भनिन्छ। 

करिब १८ हेक्टटर क्षेत्रफलमा फैलिएको देवदह संरक्षणको अभावले लोप हुदै जाने देखिन्छ। त्यहाको प्राचीन भग्नावशेष, पुराना ईंटाहरु उत्खनन् हुनु जरुरी छ। 

रामग्राम 
गौतमबुद्धको पवित्र अस्तिधातु रहेको पश्चिम नवलपरासीको रामग्राम एक हो। पश्चिम नवलपरासीको सदरमुकाम परासी रामग्राम नगरपालिकाको बजारमा रहेको रामग्राममा वुद्धका विविध आयामबारे खोज अनुसन्धान भइरहेको छ। रामग्राम स्तुपाको नामबाट रामग्राम नगरपालिकाको नामकरण गरिएको हो। बुद्धसंग सम्बन्धित अध्ययनका लागि पनि पर्यटकको हुने गर्दछ। 

तिलौराकोट 
भगवान गौतमबुद्धका पिता राजा सुद्धोधनको दरवार रहेको तिलौराकोट कपिलवस्तु जिल्लामा पर्दछ। भगवान गौतम बुद्धले तिलौराकोटमा २९ वर्ष बिताउनुभएको यो ठाउ तिलौराकोट प्रसिद्ध मानिन्छ। तिलोराकोटमा तीनवटा दरवारका भग्नावशेष छन्। कपिलवस्तु नै यस्तो ठाउ हो जहा बुद्धले प्राचीनकाल देखि बारम्बार अवतार लिदै आएको बताईन्छ। गौतमबुद्ध भन्दा धेरै काल अघि क्रुकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, विपश्वी बुद्ध आदिले यही नेपालको भूमिमा जन्म लिएका छन्। तिलौराकोटलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। भने बिश्व सम्पदा सुचीमा सुचीकरणका लागि अन्तिम तयारीमा छ।  

रानीमहल

नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल एक प्रसिद्ध पर्यटकीय स्थल हो। विसं १९५० देखि १९५४ सम्म चार वर्ष लगाएर बनाइएको कलात्मक रानीमहल दरबार पर्यटकको मुख्य रोजाई बन्ने गरेको छ। पाल्पा गौंडाका तत्कालिन जनरल खड्ग शम्शेरले दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएको यो रानीमहल दरबार बेलायतका इन्जिनीयरले डिजाइन गरेको निकै कलात्मक छ। खासगरी प्रेमको प्रतिकको रुपमा रहेको यो महल हेर्न पर्यटकको निकै भिड लाग्ने गर्दछ। पाल्पाको सदरमुकाम तानसेनबाट १३ किलोमिटर उत्तरतर्फ बौवागुम्बास्थित कालिगण्डकीको किनारमा ठुलो चट्टानमाथि यो दरबार अवस्थित छ। मनोरम प्राकृतिक स्थलमा रहेको रानीमहललाई तानसेन नगरपालिकाले संग्राहालय बनाएर संरक्षण गरेको छ। 

भैरव मन्दिर 
पाल्पाको रिब्दीकोट गाउपालिका वडा नंं ४ मा पर्ने भैरवस्थाको अग्लो डांडोमा भैरवको मन्दिर रहेको छ । विशाल भैरव मन्दिर पाल्पाका तत्कालिन सेन बंशीय राजाले स्थापना गरेका हुन्। धार्मिक पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको यो मन्दिरमा पाल्पाका राजा मुकुन्द सेनले काठमाडौबाट भैरवको मूर्ति ल्याएर विसं १५१५ तिर स्थापना गरेका थिए। यो मन्दिरमा प्रसादको रुपमा चढाइने रोट र सबैभन्दा ठुलो मानिएको त्रिसुल प्रख्यात छ। 
पाल्पाको सदरमुकाम पाल्पाबाट १० किलोमिटर पश्चिममा रहेको भैरव मन्दिरमा  आन्तरिक पर्यटक मात्र होइन, बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा आउने गर्दछन्।

गुल्मीको रेसुंगा

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट एक घण्टाको समयमा पैदल हिडेर पुग्न सकिने अग्लो घना जंगलसहितको डाडा रेसुंगा नामले परिचित छ। करिब ३५ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुंगामा प्राचीन युगमा ऋष्यशृंग ऋषिले तपस्या गरेका थिए। भगवान राम र लक्ष्मणले ऋष्यशृंग ऋषिको दर्शन गर्न आउँदा ऋषिलाई यहाँ के अभाव छ भनी सोधेको र ऋषिले पानीको समस्या देखाएपछि राम लक्ष्मणले धनुषवाण हानेर पानी निकालिदिएको किम्बदन्ती छ। रेसुंगा डाडाबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण लगायत १५ वटा हिमाल देखिन्छन्। 

सुपादेउराली 

अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्कबाट ४७ किलोमिटर दक्षिणतर्फ कपिलबस्तुको गोरुसिंगे सडक खण्डमा पर्ने यो मन्दिर नरपानी र फलामे पहाडको खोंचमा अवस्थित छ। समुन्द्र सतहबाट करिब साढे चार हजार फिटको उचाईमा यो पर्छ। उच्च शिखर, चिसो हावा चल्ने निकै डरलाग्दो भिरको मुखमा निर्मित यो मन्दिर बाइसे चौबिसे राज्यका बेला खांचीकोटका राजाले निर्माण गरेको किन्बदन्ती छ । धर्मात्मा मानिसले मागेको आशिश दिने सुपादेवीको यो मन्दिरमा धार्मिक पर्यटकको भिड प्रायः कम हुदैन। भाकल गरेर फल प्राप्त भएपछि पनि देवीलाई ढँटेको कारण एक लाउरेलाई यो भिरमा देवीले टँसेको भन्ने किंवदन्ती छ।

स्वर्गद्धारी

प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी निकै चर्चित धार्मिक पर्यटनको गन्तव्य हो। प्युठानको सदमुकाम खलंगाबाट २६ किलोमिटरको दुरीमा रहेको स्वर्गद्वारी मन्दिर नेपालकै प्रमुख धार्मिक पर्यटनको केन्द्र हो । परापूर्व कालमा पाण्डवहरु स्वर्गजाने बाटो (द्वार) भएकाले यसको नाम स्वर्गद्वारी रहेको बताइन्छ। भगवान ब्रह्मा र ऋषिहरुले तपस्या गरेका यो पवित्र भूमिमा ऐतिहासिक अग्निखण्ड, गुफा, महाप्रभु, गाईको दर्शन गर्नाले रोगब्याधि नलाग्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। समुन्द्र सतहदेखि सात हजार फिट उचाइमा रहेको स्वर्गद्वारीमा गौशाला, निरन्तर अग्निकुण्ड, महायज्ञ तथा पूजापाठ हुने गर्दछन्। स्वर्गद्धारीमा विदेशी पर्यटकहरु आउने गर्दछन। विशेषगरी वैशाखे पूर्णिमा, उभौली पर्व तथा बुद्धजयन्तीमा भव्य मेला लाग्दछ। 

धारापानी 

दाङ जिल्लाको सुन्दर सहर घोराही निजकै रहेको धारापानी क्षेत्र धार्मिक पर्यटनको प्रमुख स्थल हो। यहाँ विश्वकै अग्लो भनी दावी गरिएको पन्च धातुमिश्रित त्रिसुल स्थापना गरिएको छ। यहाँ पाण्डेश्वरको मन्दिर रहेको छ, जहँ पाण्डप शयन शिला, विभिन्न देवीदेवताका मन्दिरहरु रहेका छन्। यहाँ साढे ५५ फिट उचाइको त्रिसुल, १०८ शिवलिंग, १०८ वरपिपल जोडी, १०८ सीमका वृक्ष, ओम कुण्ड आदि आकर्षणका रुपमा हेर्न सकिन्छ। 

राष्ट्रिय निकुञ्ज

बर्दिया जिल्लाको बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको एक प्रमुख पर्यटनको गन्तव्य हो। बर्दियाको ठाकुरद्वारामा रहेको यो राष्ट्रिय निकुञ्ज करिब ९६८ वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको छ। सन १९६८ मा शाही शिकार आरक्षको रुपमा स्थापना गरिए पनि पछि  यसलाई शाही बर्दिया वन्यजन्तु आरक्षण नामकरण गरियो। बबई नदी आसपासको क्षेत्रलाई पनि समेटेर यसलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ।  यस राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणको लागि मुख्य पहल गरिएको छ। यहां गैडा, घडियाल, डल्फीन, गोही आदिको संरक्षण गरिएको छ। यहा ५६ प्रजातिका वन्यजन्तु र ४३८ थरिका रैथाने र बसाइ सरी आउने चराहरु पाइन्छन। 

देवदह नगरपालिका वडा नं ९ मा रहेको यो बृक्ष अत्यन्त अलौकिक र बिशाल वृक्षको रुपमा परिचित छ। सधै भरि हराभरा रहने यो बृक्षलाई नेपालकै ठूलो बृक्षको  रुपमा पनि लिइन्छ । यो अलौकिक र बिशाल बृक्ष बुद्धकालिन भएको तथ्य ऐतिहासिक र धार्मिक पुस्तकहरुमा उल्लेख छ । सधैभरी हराभरा रहने यो बृक्षलाई नेपालकैे मात्र नभएर एशियाकै ठूलो बृक्षको रुपमा लिइन्छ। करिब ३० मिटर परिधि र ३० मिटर उचाई भएको यस बृक्षले झन्डै ४ कठ्ठा जमिन ओगटेको छ। गिद्ध जातको चरा यो रुखमा नबस्ने, रुखको नजिक हात्ति नजाने यो बृक्षका पात खसेर कहिल्यै उजाड हुदैन। यस बृक्षको नामबाट यो क्षेत्रको समेत परिचय बनेको छ। पुर्व पश्चिम महेन्द्र राजमार्गको शित्तलनगर चोकदेखि २ कि.मी. दक्षिणमा रहेको पाकडी वृक्ष सबैको आकर्षणको केन्द्र बनेको छ।

जितगढी
तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदा स्थल हो। युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिडेको इष्ट इण्डिया कम्पनीसंग वि.स.१८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यही विरताको चिनो हो बुटवलको जितगढी किल्ला । बुटवल उपमहानगरपालिका वडा नं १ मा रहेको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ। त्यसैगरी अंग्रेज संगको लडाईमा सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरेको छ।

फुलवारी (मणिमुकुन्दशेन उद्यान)
सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको शितकालिन दरवारको भग्नावशेष रहेको फुलवारी अहिले पर्यटकीय केन्द्रको रुपमा बिकसित छ। २०३६ सालमा स्थापित यो पार्क २०५४ सालमा मणिमुकुन्द सेन उद्यानको नाममा परिचित छ।  बुटवलको तिनाउ पुल तर्ने बित्तिकै पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ एक सय मिटरमा  छ मणिमुकुन्द सेन उद्यान। २५ बिघा क्षेत्रफलमा फैलिएको पार्कभित्र विभिन्न वाटिका, चिडियाखाना र बाल उद्यान छन्।
उद्यानमा मणिमुकुन्द शेन संगै  मानवपुर्खा मानिने रामापिथेकसको अर्धकदको शालिक छ। भने मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर बुटवल स्मारक निर्माण गरिएको छ। यो पार्क नेपालमा सबैभन्दा बढी दर्शकले अवलोकन गर्ने पार्कको रुपमा परिचित छ। 

जगदिशपुर ताल 
पाहुना चराहरूको स्वर्ग बनिरहेको कपिलवस्तुको जगदिशपुर ताल ४५ वर्षअघिसम्म गाउं थियो। थारु समुदायको बाहुल्यता रहेकोले त्यो गाउलाई जगदिशपुर थारु गाउ भनिन्थ्यो। गाउको बीचमा सानो ताल थियो जसलाई जगिरा भनिन्थ्यो। त्यही तालमा गाउलेहरू पौडी खेल्ने, भैंसीलाई आहाल बसाल्ने र माछा मार्ने गर्थे। कपिलवस्तु जिल्ला धान, दाल र गहुँ उत्पादनको लागि अन्न भण्डार मानिन्थ्यो। प्रशस्त खेतीयोग्य जमिन भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा सिंचाइको सुविधा भने थिएन। त्यही समस्या समाधानको लागि वि.सं. २०३५ सालमा सिचाइ प्रयोजनको लागि वाणगंगा डिभिजनल सिँचाइ कार्यालयले लक्ष्मणघाटमा बाध बाधेर जगदिशपुरमा जलाशय निर्माण गर्ने र त्यहीबाट नेपाल र भारतका समेत सयौं हेक्टर जमिन सिंचाइ गर्ने योजना अगाडि सारेको थियो।

सिचाइको लागि बनाइएको जलाशय अहिले चराहरूको लागि स्वर्ग र आकर्षक पर्यटकीय स्थलको रूपमा जगदिशपुर तालको नामबाट देशभर प्रख्यात छ। यो तालमा बाहिरी मुलुकबाट हरेक वर्ष १५ हजारभन्दा बढी चराहरू आउने गर्छन।

कुल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल नेपालको मानवनिर्मित सबभन्दा ठूलो ताल हो। यहा ४७ लाख घनमिटर पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ। वर्षेनी हजारौं पाहुना चराहरूले ताललाई बासस्थान बनाएका छन्। जलपंक्षीहरूको आगमन बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्वसीमसार क्षेत्रमा सूचीकृत गरिएको थियो।

हरेक वर्ष जाडोयाम सुरू भएसँगै रुस, चीन, मंगोलिया, साइबेरिया, तुर्केमिस्तान र कीर्गिस्तानबाट हजारौं चराहरू त्यहाँको जाडो छल्न यो तालमा आउने गर्दछन। तालको पानीमा डुबुल्की मार्दै र उफ्रिँदै खेल्ने चखेवा चखेवीको चहलपहलले अहिले तालमा पुग्ने पर्यटकहरूलाई मनोरञ्जन दिने गरेको छ। पाहुना चराको जलक्रिडा र रोमाञ्चक गतिविधिले पंक्षी प्रेमीलाई मात्र होइन त्यहा पुग्ने हरेक पर्यटकलाई मन्त्रमुग्ध बनाउछ।

रुस, चीन, मंगोलिया, साइबेरियामध्ये एसियाका तुर्केमिनिस्ता र कीर्गिस्तानमा हिउ परेर तालतलैया तथा पानीको सतह जम्ने भएपछि आहारको खोजी गर्दै चराहरू यहा आउने गर्छन। पर्यटकहरूलाई आकर्षित गर्न विगत ५ वर्षदेखि तालमा डुंगा सञ्चालन गरिएको छ। यो ताललाई नेपाल सरकारले १ सय पर्यटकीय क्षेत्रभित्र समेटेर पर्यटन प्रवद्र्धनका कार्यक्रममा सघाउ र्पुयाउँदै आएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशका २० वटा पर्यटकीय क्षेत्रको सूचीभित्र यो ताललाई पनि समेटेको छ।

छुटाउनुभयो कि ?

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...