Author: संचार पत्र

अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जानअर्गली पाल्पातानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।आधुनिक त...
नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चद्धारा बृहत रक्तदान कार्यक्रम संचालन हुदै ।

नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चद्धारा बृहत रक्तदान कार्यक्रम संचालन हुदै ।

ताजा अपडेट, समाचार, स्थानीय
भाद्र ८ , बुटबलनेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले तिज पर्वको अवशर पारी बृहत रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । यहि भाद्र १० गते शुक्रबार बिहान ८ बजे रक्तसञ्चार सेवा केन्द्र बल्ड बैंक बुटवलमा कार्यक्रम सञ्चालन हुने भएको छ । पछिल्लो समय रुपन्देहीको बुटवल लगायत विभिन्न स्थानमा डेंगु रोगको प्रकोप बढिरहेको र रगत अभाव भइरहेको अवस्थामा समस्यालाई केहि हद सम्म न्युनिकरणको लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष हेम थापाले जानकारी दिनुभएको छ । तीजको अवसर पारी तीज विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गरिने हुदां पुण्यकार्यमा सहभागी हुनको लागी ईच्छुक व्यक्तिलाई थापाले आग्रह गर्नु भएको छ । नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मंच राजनीतिक एजेण्डामा मात्र नभई सामाजिक सांस्कृतिक एवं जनजीविकाको सवालमा समेत महत्वपूर्ण योगदान पुर्याउ...
गुल्मी  सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

गुल्मी सेवा समाज युएइद्धारा सामाजिक अभियान्ता क्षेत्री सम्मानित

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
८ भदौ, बुटबल ।। सहयोगी शब्दको पर्यावाची जस्तै बनेका छन् गुल्मीका भरत जंग क्षेत्री । क्षेत्री सानै उमेरदेखि सामाजिक कार्यमा रुचि राख्दथे गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वाड न ६ मा जन्मिएका क्षेत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय बनेका छन् । .समाजमा विभिन्न किसिमका बालबालिकादेखि बृद्ध बुबा आमा लक्षित विभिन्न अभियानमा उनी व्यस्त रहने गर्दछन् । गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका क्षेत्रीको अहिलको बसाई बुटवलमा रहेको छ । विभिन्न दुःखमा परेका, समस्या भएका र अभावमा छट्पटिएका नागरिकहरूका लागि मलम बनिरहेका क्षेत्री आफू सक्दो सहयोग सबैलाई गर्नुपर्छ भन्ने धारणा राख्छन् । व्यक्तिगत रुपमा पनि कसैले आफु प्रति सहयोगको अपेक्षा राख्छ भने उसलाई निराश बनाउनुहुँदैन भनेर उनी सकेको सहयोग गर्ने गर्दछन् ।. त्यसो त उनीे विभिन्न विकृति विसंगति र चित्त नबुझेका कुरामा स्...
आफ्नो अनुकुल नभएपछि अध्यक्षले  एजेन्डा वाईपास गरेको रुरुक्षेत्र कार्यपालिका सदस्यहरुको आरोप ।।

आफ्नो अनुकुल नभएपछि अध्यक्षले एजेन्डा वाईपास गरेको रुरुक्षेत्र कार्यपालिका सदस्यहरुको आरोप ।।

ताजा अपडेट, समाचार, स्थानीय
भदौ ८ ,गुल्मी।रुरुक्षेत्र गाउँ पालिकाकाे गाउँकार्यपालिकाकाे बैठक कार्यपालिका सदस्यहरुले मँगलबार बहिष्कार गरेका छन । मुख्य रुपले गाउँपालिका स्तरिय शिक्षा समिति गठनकाे विषयलाई लिएर कार्यपालिकाका बहुमत सदस्य द्वारा बैठक वहिष्कार गरेका हुन ।यस अघि कार्यपालिकाकाे बैठकमा एजेन्डाकै रुपमा प्रस्तुत भएकाे गाउँपालिका शिक्षा समितिमा रुरुगाउँ पालिका प्रमुखले प्रस्ताव गरेका व्यक्तिमा पालिकामा सहमति जुट्न नसकेपछि समिति गठन प्रक्रिया राेकिएकाे हाे ।हामीले पटक पटक गाउँपालिका शिक्षा समिति गठन गरौँ भन्यौँ तर गाउँपालिका प्रमुखले वेवास्ता गरेपछि हामी वाध्य भएर कार्यपालिका वैठक वहिष्कार गरेका हौँ कार्यपालिका सदस्य समेत रहेका रुरुक्षेत्र गाउँपालिका वडा न ३ का वडाध्यक्ष शेष नारायण पौडेलले बताए ।नीति विधि पद्धति सम्मत तरिकाले शिक्षा समिति गठन हुनुपर्छ कसैले पेलेर जाने नीति अवलम्वन गरे एमाले चुप लागेर नवस्ने ...
जापानमा युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध !

जापानमा युवाहरूलाई धेरै रक्सी पिउन सरकारको अनुरोध !

ताजा अपडेट, राेचक जानकरी, विदेश, विविध, समाचार
म्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ । मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ । उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ । एजेन्सीका अनुसार जापानमा घट्दो जन्मदर, बढ्दो पाको जनसंख्या तथा कोरोना भाइरस महामारीका कारण मदिराजन्य पेय पदार्थको खपत घटिरहेको छ । सरकारको पछिल्लो अभियानले युवाहरूलाई मदिराजन्य पेय पदार्थलाई...

नेकपा एमाले रुरुक्षेत्रले कार्यकर्तालाई पढाउन शुरु गर्यो

ताजा अपडेट, विविध, समाचार, स्थानीय
कृष्ण अन्जान७ भदौ, बलेटक्सार गुल्मी पाका ,अधवैशे र युवाहरुको बाक्लो उपस्थिति । पार्टीका झण्डा चुनाव चिन्ह र कार्यक्रमका व्यानर मुनि केन्द्र देखि प्रदेश जिल्ला तहका नेता हरु । लामो समय पछि नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुका लागि आयोजना गरेको शैद्धान्तिक र वैचारिक प्रशिक्षणको नजारा हो ।यतिबेला नेकपा एमाले गुल्मीले जिल्ला भरिका पालिकाहरुमा पालिका स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गरेको छ ,यसै क्रममा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाले पनि केन्द्र ,प्रदेश र जिल्ला स्तरिय नेताहरुलाई प्रशिक्षकको रुपमा डाकेर प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।मुख्यतया मार्क्सवादी अवधारणा र कम्युनिस्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि ,जनताको बहुदलीय जनवाद र समाजवादमा पुग्ने आधार ,पार्टी सदस्यका काम कर्तव्य र अधिकार र पार्टीका तत्कालीन कार्यनीति ,नेकपा एमालेको प्रचार शैलि र सामाजिक सन्जालको प्रयोग ,...
गाडीमा ढुंगा हान्ने बन्दकर्ता स्थानीयबाट कुटिए, ८ जना प्रहरी नियन्त्रणमा

गाडीमा ढुंगा हान्ने बन्दकर्ता स्थानीयबाट कुटिए, ८ जना प्रहरी नियन्त्रणमा

Breaking news 1, ताजा अपडेट, समाचार
 ७भदौ, काठमाडौं । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत  रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले छुटाएर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्प...
बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

बुटवल लेडि जेसिज सामाजिक कार्यमा सक्रिय , लैङ्गिक अल्पसँख्यक सँग तिज मिलन सगै क्यान्सर पिडीतलाई सहयोग

Breaking news 2, ताजा अपडेट, समाज, स्थानीय
कृष्ण अन्जान७ भदौ ,बुटवलबुटवल लेडि जेसिज दुखिको सहाराको रुपमा स्थापित भएको छ भन्दा फरक पर्दैन । हरेक तह र तप्काका अप्ठ्यारोमा परेका हरुको सहारा बन्दै शसक्तिकरणका बुलन्द आवाज सहित बुटवल लेडि जेसिजले मानवियताका अभियान हरु सन्चालन गर्दै आईरहेको छ ।मानवियताको यहि अभियानमा क्यान्सर रोगबाट पीडित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी, साहसी कदम नेपाल रुपन्देहीकी अध्यक्ष एवं सञ्चारकर्मी आनिक राना मगरलाई सहयोगवापतको रकम हस्तान्तरण गरेको हो । बुटवल लेडि जेसिजले हरितालिका तिजलाई लक्षित गरेर तिज मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले तीजको नाममा भइरहेका विकृति हटाइ मौलिकतामा रमाएर तीज मनाउन सुझाव दिइन् । ुुउनले तीजमा हुने रमझम र भेटघाटले ...
नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस

नेपाल बन्दको पुर्व सन्ध्यामा ठाउँ-ठाउँमा मसाल जुलुस

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
६ भदौ ,बुटवल एमसीसी सम्झौता खारेज, तत्कालीन ओलि सरकारसँग विप्लव नेतृत्वको नेकपाले गरेको तीन बुदे सम्झौताको पालना र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ एवं केही दिनअघि मात्र आफ्नो पार्टी महासचिव लगायत  केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहित आन्दोलनमा होमिएको नेकपा सहितका ४ दलले आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न स्थानमा मसाल जुलुस गरेका छन् ।सो क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ठाउँ ठाउँमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ । सयौंको संख्यामा रहेका नेता तथा कार्याकर्ताले बुटवलको बेलवासमा मशाल जुलुस तथा नारावाजी सहित भोलिको नेपाल बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज  विरेन्द्र बिकले गरेका थिए । उता रुपन्देहीकै सैनामैना नगरपालिकाको बाँसगढीमा मशाल जुलुस सम्पन्न भएको छ ।...
धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

धर्मका नाममा यस्तो नाटक अनुसन्धानका लागि एक पास्टर पक्राउ

Breaking news 2, ताजा अपडेट, समाज
रुपन्देही । बुटवलको एक चर्चमा मृत्यु भएको व्यक्तिलाई जीवित गराइएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धार्मिक अन्धविश्वास बढाएर भ्रम फैलाउन खोजेको आरोपमा एक पास्टर पक्राउ परेका छन् । यस घटनामा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान थालेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । कुनै धर्मप्रति मानिसहरुलाई आकर्षित गर्ने नाममा भ्रामक प्रचार गर्नु दण्डनीय हुने उनको भनाइ छ । ‘भिडिओ सार्वजनिक भएपछि हामीले अनुसन्धान थालेका छौं, यस्ता काम जोकोहीले पनि गर्नु कानुनी हिसाबले दण्डनीय छ,’ उनले नेपाल प्रेससँग भने ।विवेक सत्याल नामका व्यक्तिले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेका हुन् । उनले ‘मरेका व्यक्तिलाई पुन: जीवित गराउँदै’ शीर्षक दिएर भिडिओ हालेका छन् । यद्यपि, भिडिओभित्र भने मरेकोलाई ब्युँताइएको दाबी कसैले गरेको छैन भिडिओमा उल्लेख भए अनुसार सो दृष्य...