Author: संचार पत्र

बुटवलबाट ३ किशोर हराए, अपहरणमा परेको आशंका

बुटवलबाट ३ किशोर हराए, अपहरणमा परेको आशंका

Breaking news 1, ताजा अपडेट, समाचार
रुपन्देही । बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कबिहीन भएका हुन् । नबिन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए । वेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञातस्थलमा राखिएको जानकारी दिएका छन् । उनको आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेपनि त्यसपछि कुनै सम्पर्क भ...
रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती

रेसुङ्गा क्याम्पसद्धारा अध्यापक र कर्मचारी कटौती

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी — गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटका कारण ९ जना अध्यापक र कर्मचारीलाई हटाएको छ । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले ७ जना अध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे, गोविन्द गौतमलाई अवकास दिएको छ । त्यस्तै कर्मचारीहरूमा लाइब्रेरीयन लोकनाथ गौतम र स्टोर पिताम्बर मरासिनीलाई पनि अवास दिएको छ । त्रिभुवन विश्वविद्यालयको नियम अनुसार १० जनाभन्दा कम विद्यार्थी भएको अवस्थामा कक्षा चलाउन नपाइने भएकाले विद्यार्थी संख्या कम भएका प्राध्यापकलाई अवसका दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘विश्वविद्यालयको नियमअनुसार उहाँहरूको कक्षा चल्न नसक्ने अवस्थामा अनिवार्य अवकास दिइएको हो ’, भलाम...
एमाले नेता प्रदिप कुमार ज्ञवाली जनताको घरदैलोमा पुग्दै,

एमाले नेता प्रदिप कुमार ज्ञवाली जनताको घरदैलोमा पुग्दै,

Breaking news 2, समाचार, स्थानीय
कृष्ण अन्जान ,गुल्मीपुर्व मन्त्री तथा गुल्मी १ संघिय सांसद प्रदिपकुमार ज्ञवाली आफ्नो निर्बाचन क्षेत्र का मतदाताहरूका घरघरमा जाने भएक छन ।।केन्द्रिय राजनितीमा महत्वपुर्ण भुमिका खेल्दै आएका एमाले उपमहासचिब ज्ञवाली भाद्र २६ गते देखि गुल्मीका दुर्गम स्थानहरूमा पुग्दैछन ।नेपाल कम्युनिष्ट पार्टी एमाले कालीगण्डकी गाउँ कमिटीको आयोजनामा भाद्र २६ गते देखि २८ सम्म यस पालिकाका प्रत्येक वडामा आयोजित जनभेटघाट कार्यक्रममा उपमहासचिब ज्ञवाली उपस्थितभई प्रशिक्षण दिने कार्यक्रम छ ।।कार्यकर्ताहरू लाई प्रशिक्षण,जनताका समस्याहरूको सुनुवाई र ती समस्याहरू हलगर्न सभासद ज्ञवालीले महत्वपुर्ण भुमिका निर्बाह गर्ने पार्टीले जनाएको छ।स्मरणरहोस नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपमहासचिब प्रदिप ज्ञवाली आगामी मंसिर ४ गते हुने निर्बाचनमा गुल्मी क्षेत्रनं १ बाट संघिय संसदको लागि सर्बसम्मत रूपमा उमेद्वार सिफारिश...
कहाँ छन मानवहादुर ?भेटेमा सम्पर्क गरिदिनु होला ।

कहाँ छन मानवहादुर ?भेटेमा सम्पर्क गरिदिनु होला ।

समाचार, स्थानीय
कृष्ण अन्जाान भदौ २५ गुल्मी पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा न ३ खस्यौली घर भएका साठी वर्षका मान बहादुर खडका यहि भदौ १७ गते देखि वेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।उनी पाल्पा देखी श्रीधर गौतम को साथमा भारतका बिजयावडा जान हिडेकोमा गोरखपुर देखी झाँसी सम्म ग्वालियर बरौनी मेलमा आएको र झाँसी देखि बिजयवाडा जानको लागि रेलको प्रतिक्षा गरिरहेका बेला सगैँ आएका साथी श्रीधर गौतम लाई म बाथरुम मा जान्छु भनी राति करिब आठ बजेर बीस जाँदा बाथरुमतिर लागेको बताईन्छ ।मान बहादुर खडका धेरै समय सम्म नफर्केपछी साथमा आएका श्रीधर गौतमले मान बहादुर खड्का का छोरा शंकर खड्का र भारतको ऐेलुरमा रहेका अशोक कुवर लाई खबर गरेर जानकारी गराएका थिए । मानबहादुर खड्का विगत ४ बर्ष पहिले सम्म आन्ध्रप्रदेशको बिजयावाडामा कार्यरत रहेका थिए यो क्षेत्रको भाषाको कुनै समस्या पनि थिएन ।रेल छुटेपछि उनी झाँसी,इटारस...
सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ

सुखि नेपाली र समृद्ध नेपाल बनाउन एमालेलाई जिताउन आवस्यक ,एमाले नेता श्रेष्ठ

ताजा अपडेट, समाचार
कृष्ण अन्जानरिमुवानेकपा एमालेले हरेक पटक सरकारमा जाँदा शुरु गरेका जनपक्षीय कामहरुले अत्तालिएर देशी विदेशी तत्वहरको षडयन्त्रले सरकारबाट बाहिरिनु परेको नेकपा एमालेका नेता कमल राज श्रेष्ठले बताउनु भएको छ ।नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका कमिटीको सँयोजन र रुरुक्षेत्र ६ रिमुवा वडा कमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले नेकपा एमालेको सरकारले आफ्नो सरकार हुँदा विकास निर्माण सामाजिक सुरक्षा लगाएतका यावत विषयमा जनमुखि काम गरेको बताउँदै गठबन्धन सरकार बनेपछि मात्र भागवण्डामा रुमल्लिनु बाहेक कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो ।देशी विदेशी शक्ति हरुको षडयन्त्रका कारण जनादेश लाई एकातिर मिल्क्याएर परमादेशबाट बनेको गठबन्धनको सरकार भन्ने कुरा पाप धुरीबाट कराउँछ भने झैँ प्रमाणित भएको बताउँदै उनले समृद्ध नेपाल र शुखी नेपा...
सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

ताजा अपडेट, समाचार, स्थानीय
२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्...
भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित

खेलकुद, ताजा अपडेट, समाचार
२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ । श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो । यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो ।श्रीलंकाको जितका लागि कुश...
रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

रेसुङ्गा क्याम्पसको अवस्था सुधारको लागी कर्मचारी हेरफेर गरिदै ।

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार
गुल्मी । आर्थिक रुपमा थला पर्दै गएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पस भित्रको वेथिती अन्त्य गर्न क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामी निर्मम बन्ने संकेत देखाएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै त्यस्तो संकेत देखाएका हुन् । भलामीले राजनीतिक नियुक्ती जस्तो गरि प्राध्यापक र कर्मचारी भर्ना हुने , सञ्चालक समिति पनि राजनैतिक भागबण्डा मै चुनिने भएकोले क्याम्समा बेतिथी आएको धारणा राखे ।उनले भने– ‘यहाँ भित्रका बेथिती र अनुत्तरदायि प्रबृत्ति देखिएको पाईयो, त्यसको अन्त्य गर्दै क्याम्पसलाई पुरानै लयमा होईन, नयाँढंगबाट सञ्चालन गर्नका लागि हामी निर्मम बन्न तयार छौं र हामी भन््न चाहन्र्छा कि राजनीतिक कोट र जुत्ता गेट बाहिरै निकालेर विद्यार्थी पढाउन क्याम्पस छिर्नुस ।” ७ महिना देखिको प्राध्यापक कर्मचारीहरुको झण्डै डेढ करोड रुँपैयाँ तलव खुवाउन नसकेको कारण देखाउँदै गत साउन २...
वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।

वर्गीय मायाले भेट भोनि हाम्रो फेरी ।

ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जान ,गुल्मी नेकपा एमाले गुल्मीको पार्टी कार्यालय तम्घासमा साेमवार बिहानै देखि चहल पहल छ ।त्यसाे त एमाले पार्टी कार्यालय तम्घासमा यसै पनि चहल पहल भई रहन्छ तर याे चहलपहलकाे प्रयाेजन बेग्लै छ । अघिल्लाे दिननै एमाले गुल्मीका शिर्ष नेताहरु तम्घास पुगि सकेका थिए भने उम्मेदवार चयनका विषयमा एमालेले जिल्ला कमिटीकाे बैठक आयाेजना गरेकाले एमाले कार्यकर्ताहरुकाे चहल पहल नहुने कुरे भएन । अझ त्यसैमा पनि एमालेबाट बिभाजन भएर गएका हस्तिहरु सँघिय र प्रादेशिक निर्वाचनकाे चहल पहल बढिरहँदा एमालेलेमै फर्किने तयारीले एमाले गुल्मी उत्साहित हुनु स्वाभाविक थियाे । यसै बिच पार्टी कार्यालयमा आयाेजित विशेष समारोहका बिच नेकपा एकीकृत समाजवादीका दुई केन्द्रीय सदस्यसहित गुल्मीको जिल्ला नेतृत्व नेकपा एमालेमा प्रवेश गरेको सनसनी पुर्ण कार्यक्रम शुरुभयाे । एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्...
आज निजामती सेवा दिवस, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिंदै

आज निजामती सेवा दिवस, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिंदै

Breaking news 1, समाचार, स्थानीय
२२ भदौ, काठमाडौं । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।दिवसको अवसरमा आज बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहने छ ।दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्ने कामना गरेका छन् । सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई प्रधानमन्त्री देउवाबाट सम्...