प्रधानमन्त्रीको सार्वजनिक गरेको कागजात नक्कली रहेछ : दुर्गा प्रसाईँ


मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् । 

‘कागजत झुट रहेछ’ प्रसाईंको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘युट्युबरले तयार गरेका हुन् मैले सार्वजनिक मात्र गरेको हुँ ।’

कागजात तयार गर्न आफूले १ करोड बुझाएको भन्दै पत्रकार सम्मेलन गरेका प्रसाईंले रकम बुझाएको कुरा पनि अस्वीकार गरेका छन् । बयानमा प्रसाईंले भनेका छन्, ‘रकम बुझाएको छैन ।’ 

अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । प्रसाईँ मंसिर ४ मा पक्राउ परेका हुन् । 

लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीविरुद्ध थप ४ वटा कसुरमा अनुसन्धान थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । साइबरसँगै अन्य कसुरपनि आकर्षित हुने देखिएसँगै अरू मुद्दामा पनि अनुसन्धान थालिएको सीआईबीका एकजना अधिकृतले बताए । 

प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईंले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईंले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।

प्रहरीले प्रसाईँविरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनको यो भ्रम...
साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...