प्रधानमन्त्रीको सार्वजनिक गरेको कागजात नक्कली रहेछ : दुर्गा प्रसाईँ


मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एउटा टेलिकम कम्पनीमा लगानी रहेको भनेर सार्वजनिक गरेको कागजात ‘झुटो’ भएको स्वीकार गरेका छन् । केन्द्रीय साइबर ब्यूरोका अनुसन्धान अधिकृतहरूलाई बयान दिँदै उनले सो कागजात झुटो रहेको स्विकारेका हुन् । 

‘कागजत झुट रहेछ’ प्रसाईंको बयान उदृत गर्दै अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘युट्युबरले तयार गरेका हुन् मैले सार्वजनिक मात्र गरेको हुँ ।’

कागजात तयार गर्न आफूले १ करोड बुझाएको भन्दै पत्रकार सम्मेलन गरेका प्रसाईंले रकम बुझाएको कुरा पनि अस्वीकार गरेका छन् । बयानमा प्रसाईंले भनेका छन्, ‘रकम बुझाएको छैन ।’ 

अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । प्रसाईँ मंसिर ४ मा पक्राउ परेका हुन् । 

लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीविरुद्ध थप ४ वटा कसुरमा अनुसन्धान थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । साइबरसँगै अन्य कसुरपनि आकर्षित हुने देखिएसँगै अरू मुद्दामा पनि अनुसन्धान थालिएको सीआईबीका एकजना अधिकृतले बताए । 

प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलिकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईंले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईंले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् ।

प्रहरीले प्रसाईँविरुद्ध साइबर र किर्तेसँगै आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ ।  तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझ...
भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

काठमाण्डौ – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशक...
बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...