पाकापुस्ताको भरमा सोरठी नाच, दानबाट उठेको रकम बाट बिकाश निर्माणको काम ।।


गंगु कुवर
रातीको १०:५० बजिसकेको छ। ७३ वर्षिय राम बहादुर पुन “पञ्चले दियौं आशिष” भन्दै सोरठी गीतवाट घरबेटीलाई आशिष दिदै हुनुहुन्थ्यो ।घरबेटिले सोरठी नाच्ने समूहलाई दान दिइसके पछि सोरठी नाचमा गाइने गीत हो, यो । यतिवेला “बलिथुम सोरठी नाच तथा सम्बर्द्धन मन्च”गुल्मीदरबार-१ बलिथुम गुल्मी लोपोन्मुख सोरठी नाचलाई जगेर्ना गर्न लागि परेको छ। राम बहादुर पुन समूहको सल्लाहकार संयोजक समेत हुनुहुन्छ । त्यस्तै समूहका पूर्व अध्यक्ष मन बहाहर पुन पनि उहाँ जस्तै अँध्यारा राती र जाडो नभनी समूहलाई लिएर सोरठी नाच्न हिड्‌नुहुन्छ । उहाँ पनि उमरेले ६८ काट्दै हुनुहुन्छ । युवाहरु विदेशीएसंगै अहिले गाउँमा बुवाहरुबाट यस्ता लोपोन्मुख नाचको संरक्षण भइरहेको छ। नाचको संरक्षणसंगै समूहमा उठेको रकमबाट ‘बलिथुम प्रवेशद्वार निर्माण गर्ने तयारीमा उहाँहरू हुनुहुन्छ । प्रवेशद्वारको पालिका उपाध्यक्ष तारा थापा ढेंगाले एक कार्यक्रमका बीच मंशिर १३ गते शिलन्यास समेत गरिसक्नु भएकोछ ।

सोरठीनाच जगेर्नासँगै बलिथुम प्रवेशद्वार निर्माणको लागि आफूहरू यसरी सोरठी नाच लिएर हिंक्क्कडेको समूहका अध्यक्ष तिलक खासु मगरले जानकारी दिनुभयो । उहाँहरुलाई युवाहरुको साथ पनि रहेको छ। पहिले पहिले नाच गान पछि संगी साथी जम्मा भएर उठेको पैसाले खासै विकासको काम नदेखेको र अहिले भने बलिथुम प्रवेशद्धार निर्माण गर्ने भए पछि आफू पनि समूह सँगै हिडेंको साविक वडा नं.-९,टोल सुधार समितिका संयोजक रामु पुनले बताउनुभयो । युवा पुस्तामा सोरठी नाच प्रति खासै चासो छैन नि ? भन्ने प्रश्नमा – गीतका लय भाका अन्य गीत भन्दा अप्ठ्यारा भएको र समूहमा हिंडदै गर्दा बिस्तारै बुझिने पनि उहाँले बताउनुभयो । समूहमा उठेको पैसा र बाहिरी सहयोगबाट झण्डै२ लाख ५० हजार सम्ममा प्रवेशद्धार निर्माण गरिने र बाहिरी साथीहरूबाट पनि सहयोग गर्ने क्रम जारी रहेको समूहका सदस्य लेखेन्द्र पुनले जानकारी दिनुभयो ।


पुराना पुस्ताले बिस्तारै ढिल छोड्दै जानू र नयाँ पुस्ताले पनि चासो नदेखाउनुले लोप हुने अवस्थामा पुगेको मौलिक संस्कृति केहि हदसम्म भए पनि जगेर्ना हुनु पक्कै पनि सुखद पक्ष हुनेछ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...