Author: संचार पत्र

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो ।प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । मन्त्रालयका अनुसार आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भ...
आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्ताे छ महत्व

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, ...
आज देखि बुटवल खाना महोत्सव सुरु

आज देखि बुटवल खाना महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
खिम खड्का२९ पौष,बुटवल । आज देखि होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा "अतिथि देवो भव"नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान,शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सवको सुरु भएको छ ।पौष २९ ( आज ) देखि माघ २ गते सम्म ३ दिन बुटवल ७ दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेलमैदानमा हुन गइरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा विविध सांस्कृतिक कार्यक्रमका साथ स्वादेशी स्थानीय रैथाने खानाका तथा बिदेशी खानाका परीकारहरु सहितको प्रदर्शनी गरीने संस्थाका महासचिव अर्जुन थापाले बताए ।बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा पौष २९ गते (आज) जनचेतना र्‍याली बिहान ११:०० बजे सिद्धेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा हुनेछ ।अध्यक्ष लेखनाथ भण्डारीका अनुसार साँझ ७:०० बजे देखि रा...
प्रख्यात वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

प्रख्यात वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

Breaking news 1
काठमाडौं प्रख्यात वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति  १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे । शेर्पाका दुई छोरा र तीन छोरी छन् । लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । पर्यटन व्यवसायमा आबद्ध उनी चौंरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन् । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा ...
आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ महिमा

आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ महिमा

Breaking news 2
काठमाडाैं हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना साेमबार (आज)देखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनकाे कथा भने र सुने चिताएकाे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसै अवसरमा महिनाभार काठमाडाैँकाे साँखुस्थित शालीनदीमा ठूलो मेला समेत लाग्ने गर्दछ।  यस्तो छ स्वस्थानीको महिमा माता पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ। उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको ...
बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए । विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए । बि.स २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए । सिद्धेश्वरी स्कुलको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजा...
कुलमानले मन्त्रालयलाई स्पष्टीकरण बुझाए

कुलमानले मन्त्रालयलाई स्पष्टीकरण बुझाए

Breaking news 2
काठमाडौँ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् ।  मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । जवाफमा घिसिङले मन्त्रालयले लगाएका सबै आरोपको खण्डन गरेका छन् । आफू चार वर्षका लागि मन्त्रिपरिषद‍्बाट नियुक्त भएको र कार्यसम्पादन उत्कृष्ट रहेको घिसिङको जवाफ छ ।  स्पष्टीकरणमा ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०४।२५ को निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भइरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा त्यहाँको पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारबाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको ब्यहोरा अनुरोध छ,’ भनिएको छ । मन्त्रालय...
निजामती सेवामा आरक्षणको विषयलाई लिएर संवैधानिक आयोगहरू फरक-फरक कित्तामा

निजामती सेवामा आरक्षणको विषयलाई लिएर संवैधानिक आयोगहरू फरक-फरक कित्तामा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
निजामती सेवामा आरक्षणको विषयलाई लिएर संवैधानिक आयोगहरू फरक-फरक कित्तामा उभिएका छन्।प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले महिला, मधेसी, आदिवासी जनजाति, थारू लगायतका आयोगका पदाधिकारीलाई आइतबार विधेयकमाथि छलफलमा डाकेको थियो।  समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा सरकारले एक व्यक्तिले राजपत्र अनङ्कित पदमा एक पटक र राजपत्राङ्कित पदमा एक पटक सुविधा लिन पाउने प्रस्ताव गरेको छ। छलफलको क्रममा समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले निजामती सेवामा एक पटक मात्र आरक्षणको सुविधा लिन पाउने व्यवस्था गर्न आयोगको तर्फबाट सुझाव प्रस्तुत गरिन्। 'हामीले निजामती सेवामा एक पटक मात्र यस्तो सुविधा लिनुपर्छ भनेका छौं। समानुपातिकबाट सांसद पनि एक पटक मात्र बन्न दिनुपर्ने आयोगको सुझाव छ,' उनले भनिन्।निजामती सेवाको ५० प्रतिशत सिट आरक्षणका लागि छुट्टाउनु पर्ने ...
रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै

रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदैछन्।काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतमा मुद्दा दायर भएकाले उनी आइतबार अदालत उपस्थित हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो।उनी आफै काठमाडौं अदालत उपस्थित भनेपछि कास्की प्रहरीले पार्टी र प्रहरीले जिम्मा लगाएको थियो। सभापति लामिछाने आइतबार अदालतमा हाजिर हुने कार्यवाहक सभापित डिपी अर्यालले जानकारी दिए।   पुस २१ गते स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले  लामिछानेसहित ३९ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये दुई जना धरौटीमा रिहा भइसकेका छन्।  ...
हिमाली भेगका धेरै ठाउँमा हिमपात, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमाली भेगका धेरै ठाउँमा हिमपात, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
 काठमाडौं सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ । बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको प्रभावले पुस २७ गते शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो । २७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । स...