कुलमानले मन्त्रालयलाई स्पष्टीकरण बुझाए


काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् । 

मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । जवाफमा घिसिङले मन्त्रालयले लगाएका सबै आरोपको खण्डन गरेका छन् । आफू चार वर्षका लागि मन्त्रिपरिषद‍्बाट नियुक्त भएको र कार्यसम्पादन उत्कृष्ट रहेको घिसिङको जवाफ छ । 

स्पष्टीकरणमा ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०४।२५ को निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भइरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा त्यहाँको पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारबाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको ब्यहोरा अनुरोध छ,’ भनिएको छ ।

मन्त्रालयले कार्यसम्पादन किन नबुझाएको भनेर पनि सोधेको थियो । जवाफमा घिसिङले कार्यसम्पादन विवरण मूलतः कार्यकारी निर्देशकको प्रोत्साहन भत्तासँग सम्बन्धित रहेको र संस्थाको अति जरुरी काममा खटिनु परेकोले विवरण बुझाउन ढिला भएको बताएका छन् । 

ऊर्जामन्त्री दीपक खड्काले बनाएको टीओडी मिटर समितिको वैधानिकतामाथि कुलमानले स्पष्टीकरणको जवाफमा पनि प्रश्न उठाएका छन् । उनले समिति विधिसम्मत नभएकोले त्यो समितिको सबै खर्च प्राधिकरणबाट बेहोर्ने निर्णयमा असहमति राखेको जवाफ दिएका छन् ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...