Author: संचार पत्र

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने, बर्खामा पनि काम नरोकिने

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने, बर्खामा पनि काम नरोकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
बुटवल लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम आगामी ३ वर्ष भित्रनै सक्नेगरी तिब्रता पाएको लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले हालसम्मको कार्योजना र प्रगतिको तुलना गर्दा निर्धारित समयभन्दा अघिनै योजना सम्पन्न हुने दाबी गरे ।  ‘निर्माणको काम ५ वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न गर्छौ भन्ने लागेको छ ।’–पोखरेलले भने, बीचमा कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ । हालसम्म अस्पतालको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको छ । अस्पतालका पूराना संरचना हटाउने काम (साइट क्लिरियन्स)पछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए । ...
खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
बुटवल बुटवलको दीपनगर शिवालय टोलमा बस्दै आएका ६९ वर्षीय रामप्रसाद उपाध्यायका दुबै खुट्टाले काम गर्दैनन् ।५ जनाको परिवार रहेका उनले आफै आम्दानी जुटाएर सम्पूर्ण परिवारको पालनपोषण गर्दै आएका छन् । जन्मजात दुई खुट्टाकाे सहारा विहिन उपाध्यायले बैसाकिकाे सहाराले सामान्य हिडडुल गर्ने गर्छन् । उनले पुजापाठ र जनै बनाउने र बिक्री गर्ने गरी आम्दानीको स्रोत जुटाएर परिवार मात्र पालेका छैनन् एक छोरीलाई युरोपमा अध्ययनको लागि पठाएका पनि छन् । घरमा श्रीमती ,दुई छोरा र एक छोरी गरी पाँच जनाको परिवार रहेका उनी २०३५ सालमा पाल्पाको रैनादेवी छहराबाट बुटवल आएका हुन्। पाल्पाबाट खाली हात आएका उपाध्याय बुटवल आएर बुटबलको दीपनगर शिवालय मन्दिरमा पुजारी बने। केही समय पछाडि सोही मन्दिर नजिक शिवालयपथ सिद्धेश्वरी मैदानको किनारमा थोरै जग्गामा बसोबास गर्न थाले। तथापि उनीसँगै बुटवल दिपनगरका अन्य बस्तीहरूले ...
रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । प्रथम विन्दु जहा भएपनि सरकारले आगामी  साउन १ गतेदेखि  जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो । यो ब्यवस्था  लागु भए सँथै  यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र  रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो अव त्यो आवश्य नपर्ने भएको छ । अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने छ । जुन जिल्लाको नागरिक भएपनि बिमामा जुन अस्पतालाई प्रथम विन्दु उल्लेख गरेपनि मुलुकको कुनै पनि सरकारी अस्पतालमा उहाँहरुले अब पहिलो विन्दुका रुपमा सेवा लिन सक्नु हुने छ ।  अब प्रथम सेवा विन्दुका रुपमा जुनसुकै सरकारी स्वास्थ्य संस्था अस्पताल रहेन छन् । य...
रुपन्देहीको क्षेत्र नं ३ मा कार्तिक १७ गते उप-चुनाव हुने

रुपन्देहीको क्षेत्र नं ३ मा कार्तिक १७ गते उप-चुनाव हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल रूपन्देही क्षेत्र नं–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुने भएकाे छ। उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बाेहाेराकाे निधनका कारण रिक्त रहेको थियो। कात्तिक १७ गते रूपन्देही–३ उपचुनाव गर्ने निर्णय भएकोकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। गत असार ६ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभा निर्वाचन कात्तिकको दोस्रो साता गर्नेबारे परामर्श गरेको थियो। तर मनाङका बिषयमा अझै टुंगो लागेको छैन। रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा समेटिएका छन्। यो क्षेत्र सुनौली नाकादेखि पूर्वपश्चिम राजमार्गसम्म उत्तरदक्षिण फैलिएको छ। राप्रपाबाट निर्वाचित सा...
सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन, सुनचाँदीमा लगाइएकाे कर खारेजीकाे माग

सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन, सुनचाँदीमा लगाइएकाे कर खारेजीकाे माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडाैं  सुनचाँदी व्यवसायीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरे । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली ल्याउन उनीहरुले माग गरेका छन् । प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे,उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाए । प्रदर्शनका क्रममा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले सुनचाँदी म...
सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार वर्षा, बाढीको खतरा

सुदूरपश्चिमका विभिन्न ठाउँमा लगातार वर्षा, बाढीको खतरा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा आइतबारदेखि लगातार भारी वर्षा भइरहेको छ। बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रमा अत्यधिक पानी परिरहेकाले डुबानको जोखिम बढेको छ। स्थानीय बासिन्दालाई सतर्क रहन सुरक्षाकर्मीहरूले आग्रह गरेका छन्। कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा लगातार पानी परिरहेको छ भने डडेल्धुराको जोगबुढा क्षेत्र, डोटी र कैलालीका चुरे पहाडमा परेको वर्षाले त्यहाँबाट बग्ने खोलानदीमा पानीको बहाव बढेको छ। यसबाट तलका बस्तीहरूमा जोखिम उत्पन्न भएको हो। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालनमा छन्। नागरिकहरूलाई नदी किनार, खोला आसपास र डुबान हुने स्थानहरूमा नजान आग्रह गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशको कुनै स्थानमा ठुलो क्षति पुगेको खबर भने प्राप्त भएको छैन । यद्यपि मौसमले थप प्रभाव पार्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको प्रहरीको...
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय
१६ असार, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् । पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । ...
साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से २६.५३ अंकले वृद्धि

साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से २६.५३ अंकले वृद्धि

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से परिसूचक २६.५३ अंकले वृद्धि भएर २६२२ बिन्दुमा पुगेको छ, जुन १.०२ प्रतिशतको वृद्धि हो। कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको दिनमा १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घट्यो। बजारमा बैंकिङ समूह सबैभन्दा बढी २ प्रतिशतले बढ्दा अन्य धेरैजसो समूहहरू पनि सकारात्मक देखिए। विकास बैंक १.६१, माइक्रोफाइनान्स १.५८, अन्य १.३५, जीवन बीमा ०.८२, फाइनान्स ०.६४, हाइड्रोपावर ०.५४, निर्जीवन बीमा ०.४२, लगानी ०.३२, व्यापार ०.२७ र होटल तथा पर्यटन समूह ०.०९ प्रतिशतले बढे। उत्पादन तथा प्रशोधन समूह मात्रै ०.५६ प्रतिशतले घटेर ऋणात्मकमा रह्यो। सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशतले वृद्धि भई सबैभन्दा बढी बढ्ने कम्पनी रह्यो। विन्ध्यबासिनी हाइड्रोपावर, ग्रिन भेन्चर्स, त्रिशुली जलविद्युत् कम्पनी पनि शीर्ष वृद्धिमा ...
प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो विधेयक च्यातेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफलमा सहभागी भएका साहले सो विधेयक च्यातेका हुन् । मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए । सो विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफ्नो धारणा राखिसकेका छन् । सो विधेयक तल्लो तहमा कार्यरत कर्मचारीको पक्षमा नभएको भन्दै सांसद साहले विधेयक च्यातेर बैठकबाट बाहिरिएका छन् । ...
बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

Breaking news 2
रूपन्देही ,असार १५ बुटवल , उपमहानगरपालिका-११, देवीनगर भुवनसिंह मार्गमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। अल्ट्रीजम केयर सेन्टर योगिकुटीको स्कूल भ्यान (लु १ ज २४२७) र स्कूटर (लु १३ प २३३३) एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका हुन्।स्थानीयका अनुसार दुबै सवारी साधन तीव्र गतिमा थिए। दुर्घटना लगत्तै घाइतेलाई तत्काल अस्पताल लगिएको छ, तर घाइतेको नाम र थप विवरण खुल्न बाँकी छ। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।यस्ता दुर्घटना कम गर्न सवारी चालकहरूलाई गति नियन्त्रण गर्न र सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्। ...