रुपन्देहीको क्षेत्र नं ३ मा कार्तिक १७ गते उप-चुनाव हुने


बुटवल

रूपन्देही क्षेत्र नं–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुने भएकाे छ। उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिपक बाेहाेराकाे निधनका कारण रिक्त रहेको थियो।

कात्तिक १७ गते रूपन्देही–३ उपचुनाव गर्ने निर्णय भएकोकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।

गत असार ६ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभा निर्वाचन कात्तिकको दोस्रो साता गर्नेबारे परामर्श गरेको थियो। तर मनाङका बिषयमा अझै टुंगो लागेको छैन।

रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा समेटिएका छन्। यो क्षेत्र सुनौली नाकादेखि पूर्वपश्चिम राजमार्गसम्म उत्तरदक्षिण फैलिएको छ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत्र १९ गते निधन भएकाे थियो। रूपन्देहीका चर्चित नेता बाेहाेराले   चुनावका बेला भाषणसमेत नगरी बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई हराएका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...