
रूपन्देही ,असार १५ बुटवल , उपमहानगरपालिका-११, देवीनगर भुवनसिंह मार्गमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
अल्ट्रीजम केयर सेन्टर योगिकुटीको स्कूल भ्यान (लु १ ज २४२७) र स्कूटर (लु १३ प २३३३) एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका हुन्।स्थानीयका अनुसार दुबै सवारी साधन तीव्र गतिमा थिए। दुर्घटना लगत्तै घाइतेलाई तत्काल अस्पताल लगिएको छ, तर घाइतेको नाम र थप विवरण खुल्न बाँकी छ।
प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।यस्ता दुर्घटना कम गर्न सवारी चालकहरूलाई गति नियन्त्रण गर्न र सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्।