बुटवलमा स्कूल भ्यान र स्कूटर ठोक्किँदा एक जना गम्भीर घाइते

रूपन्देही ,असार १५ बुटवल , उपमहानगरपालिका-११, देवीनगर भुवनसिंह मार्गमा आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

अल्ट्रीजम केयर सेन्टर योगिकुटीको स्कूल भ्यान (लु १ ज २४२७) र स्कूटर (लु १३ प २३३३) एकआपसमा ठोक्किँदा स्कूटर चालक गम्भीर घाइते भएका हुन्।स्थानीयका अनुसार दुबै सवारी साधन तीव्र गतिमा थिए। दुर्घटना लगत्तै घाइतेलाई तत्काल अस्पताल लगिएको छ, तर घाइतेको नाम र थप विवरण खुल्न बाँकी छ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।यस्ता दुर्घटना कम गर्न सवारी चालकहरूलाई गति नियन्त्रण गर्न र सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...