रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने


काठमाडौं

आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ ।

प्रथम विन्दु जहा भएपनि सरकारले आगामी  साउन १ गतेदेखि  जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो ।

यो ब्यवस्था  लागु भए सँथै  यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र  रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो अव त्यो आवश्य नपर्ने भएको छ । अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने छ ।

जुन जिल्लाको नागरिक भएपनि बिमामा जुन अस्पतालाई प्रथम विन्दु उल्लेख गरेपनि मुलुकको कुनै पनि सरकारी अस्पतालमा उहाँहरुले अब पहिलो विन्दुका रुपमा सेवा लिन सक्नु हुने छ ।  अब प्रथम सेवा विन्दुका रुपमा जुनसुकै सरकारी स्वास्थ्य संस्था अस्पताल रहेन छन् । यो ब्यवस्था साउन १ गतेबाट लागु हुने छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले नेपालटिभी अनलाइनलाई बताउनु भयो ।

यो नियमले सीधै निजि वा सामुदायिक अस्पतालमा गएर सेवा लिन सकिने ब्यवस्था भने हटाएको छ । पहिले प्रथम सेवा विन्दु मानिएका निजि र सामुदायिक अस्पतालहरूबाट त्यो मान्याताबाट हटाइएको छ। अब साउन १ गतेदेखि सरकारी अस्पतालमा गएर सेवा लिनुपर्नेछ, र त्यहाँ उपलब्ध नहुने सेवाका लागि मात्रै रेफर लिएर निजि वा सामुदायिक अस्पताल जान सकिने।  प्रवक्ता बुढाथोकीले बताउनु भयो ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...