खुट्टाको सहारा बिनानै परिवारको सहारा बनेका रामप्रसाद


बुटवल

बुटवलको दीपनगर शिवालय टोलमा बस्दै आएका ६९ वर्षीय रामप्रसाद उपाध्यायका दुबै खुट्टाले काम गर्दैनन् ।५ जनाको परिवार रहेका उनले आफै आम्दानी जुटाएर सम्पूर्ण परिवारको पालनपोषण गर्दै आएका छन् ।

जन्मजात दुई खुट्टाकाे सहारा विहिन उपाध्यायले बैसाकिकाे सहाराले सामान्य हिडडुल गर्ने गर्छन् । उनले पुजापाठ र जनै बनाउने र बिक्री गर्ने गरी आम्दानीको स्रोत जुटाएर परिवार मात्र पालेका छैनन् एक छोरीलाई युरोपमा अध्ययनको लागि पठाएका पनि छन् । घरमा श्रीमती ,दुई छोरा र एक छोरी गरी पाँच जनाको परिवार रहेका उनी २०३५ सालमा पाल्पाको रैनादेवी छहराबाट बुटवल आएका हुन्।

पाल्पाबाट खाली हात आएका उपाध्याय बुटवल आएर बुटबलको दीपनगर शिवालय मन्दिरमा पुजारी बने। केही समय पछाडि सोही मन्दिर नजिक शिवालयपथ सिद्धेश्वरी मैदानको किनारमा थोरै जग्गामा बसोबास गर्न थाले।

तथापि उनीसँगै बुटवल दिपनगरका अन्य बस्तीहरूले जग्गाधनि पुर्जा पाए तर उनी सँगै सोही पथका ८परिवारले पुर्जा पाएका छैनन्।

“सबैले पुर्जा पाउँदा हामीले पाइएन सरकारवालासँग कुरा गर्दा विद्यालयको जग्गा भएकोले दिन नमिल्ने बताउँछन् ,विद्यालयको नाममा पर्ने भए अन्य स्थानमा उपलब्ध गराउनुपर्यो,अन्यथा लालपुर्जा दिनुपर्यो,भनी कानुनी बाटो पनि अपनाएका छौं” उनले दुखेसो पोखे।

बुटबलको सन्दर्भमा उनी र उनी जस्ता धेरै अव्यवस्थित बसोबासी रहेका छन् ।अवस्था कमजोर नभई कोही पनि त्यसरी दुःख झेलेर ,अन्योलता झेलेर ,अस्थिरता झेलेर बसोबास गर्दैन सरकारले वास्तविक भूमिहीन सुकुम्बासी र उनी जस्ता जीवनभर अन्योलमा परेका नागरिकको उद्धार गर्न आवश्यक र केही मात्रामा पहल पनि गरेको छ। यसलाई फास्टट्र्याकमा गर्न आवश्यक छ।

आफैलाई सहारा आवश्यकता पर्ने देखिने रामप्रसाद परिवारसँगै समाजमा देखिएका विकृतिहरू जस्तै :आफू गर्न सक्ने हुँदाहुँदै पनि काम नगर्ने ,अरुलाई ठग्ने, अरुलाई दुःख दिने, कुलतमा लाग्ने जस्ता अनेक विकृति छाडेर सकारात्मक सोच र कर्ममा विश्वास गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...