Author: संचार पत्र

चितवनस्थित एक्सपर्ट एजुकेसनको शङ्कास्पद धन्दा, आर्थिक चलखेलमा फेक डकुमेन्ट

चितवनस्थित एक्सपर्ट एजुकेसनको शङ्कास्पद धन्दा, आर्थिक चलखेलमा फेक डकुमेन्ट

Breaking news 2, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
बुटवल २३ असार। केही महिनाअघि चितवनको भरतपुरकी एक विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया पुगिन् । उनी त विद्यार्थी नै भइन्–उनका अभिभावक पनि कुनै व्यवसायमा थिएनन् वा भनौँ–नियमित आम्दानीको स्रोत थिएन ।  तर, डेढ लाख रुपैयाँ कन्सल्टेन्सीलाई बुझाएपछि उनको आवश्यक सबै डकुमेन्ट बन्यो । ती डकुमेन्टमा परिवारको आफ्नै कम्पनी, सो कम्पनी विभिन्न निकायमा भएको भनिएको दर्ता, ट्याक्स क्लियरेन्सदेखि बैंक स्टेटमेन्ट सबै थिए ।  जबकि ती कुनै पनि डकुमेन्ट सक्कली नभएर अस्ट्रेलियाको भिसा पाउनकै लागि बनाइएको नक्कली कागजात थियो । ‘म अहिले अस्ट्रेलिया आइसकेको छु । सबै डकुमेन्ट कन्सल्टेन्सीले बनाइदिएको हो । मैले त्यसका लागि अतिरिक्त डेढ लाख रुपैयाँ बुझाएको हो’, नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भनिन् ।  उनी मात्रै होइन यस्तै डकुमेन्ट बनाएर कैयन विद्यार्थी अस्ट्रेलिया लगायतका देशमा उडिसकेका छन् । रा...
‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँ  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । सोमबारको कार्यावस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । उनका अनुसार नेपाली काँग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो । सो समितिले २१ दिनको समय सीमा पाएको छ । सो छानबिन समितिमा दलीय आधारमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् । जसअनुसार नेपाली काँग्रेसबाट जीवन परियार र सुशिला थिंग, एमालेबाट सांसद नारायणप्रसाद आचा...
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं  प्रधानमन्त्री  केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्। नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै पौरखले विकास हुने बताए। उनले नेपाल पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश भएको जिकिर गरे। अरुले सहयोग नगर्दा पनि चीन जस्तो जनसंख्या र भूगोलले ठूलो भएको देश बन्ने तर नेपाल नबन्ने भन्ने नहुने बताए।  प्रधानमन्त्री ओलीले भने, ‘पौरखी जनता भनेर दुनियाँमा प्रसिद्ध देश नेपाल हो। कामकै लागि तीन मिलियन मान्छे बाहिर छन्। अरुले सहयोग गरेनन् भन्ने हो भने चीन जत्रो देश सबैभन्दा ठूलो जनसंख्या, भूगोल भएको देश हो। चीनको विकास हुने, जुन देशका जनतालाई एक छाक खाना खाने सहयोग कसैले गर्न सक...
आज देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

आज देशैभरिका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन्।  नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन्। चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन्। नेपाल चिकित्सक संघका महासचिव डा।सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले एक्यवद्धता जनाएका छन्।  ...
पश्चिम बंगालको न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा मेघगर्जनसहित वर्षा

पश्चिम बंगालको न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा मेघगर्जनसहित वर्षा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भा...
लगातार सेयर बजार उकालो, नेप्से २७०६ मा कायम

लगातार सेयर बजार उकालो, नेप्से २७०६ मा कायम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
काठमाडौं साताको पहिलो दिन आइतबार सेयर बजारमा फेरि पनि सकारात्मक संकेत देखिएको छ। लगातार छैटौं दिन बजारमा वृद्धि देखिँदै गर्दा आज नेप्से परिसूचक २.४० अंकले बढेर २७०६ विन्दुमा पुगेको हो। हालको बजार वृद्धि सानोतिनो अंकमा भए पनि स्थिर उकालो यात्राले लगानीकर्तामा भरोसा बढाएको देखिन्छ। तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। शनिबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आइतबार यो रकम घटेर ९ अर्ब ५० करोडमा झरेको छ। आजको दिन ‘अन्य समूह’ सबैभन्दा बढी ३.०६ प्रतिशतले उकालो लाग्यो। यो वृद्धिमा हिमालयन रिइन्स्योरेन्स र नेपाल रिको शेयर मूल्य उल्लेख्य रूपमा बढ्नु मुख्य कारण हो। फाइनान्स समूह पनि २.४९ प्रतिशतले बढेको छ। बैंकिङ, लगानी, उत्पादन तथा प्रशोधन, र व्यापार समूहले पनि क्रमशः सानो तर सकारात्मक वृद्धि देखाए। अर्कोतर्फ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर,...
शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभई अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताए। अनेरास्ववियु रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा सम्पन्न २०८१ मा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै पौडेलले शिक्षा जीवनको प्रमुख अङ्ग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने बताए। उनले शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्‍याउनेर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी अगाडि बढेको र धेरै कामहरु भएको बताए। शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आ- आफ्नो क्षमता र चाहना अनुसार छनोट गरी अध्ययन गर्न आग्रह गरे। उनले देशभरबाट ६२ प्रतिषत सफल भएको र जिल्लामा ८७ जनाले ४ जिपिए ल्याउन सफल हुनु राम्राे परिणाम भएको वताए ...
छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य

छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा १६ जना नयाँ सदस्य मनोनीत भएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ७ औँ पूर्ण बैठकले विभिन्न जिल्लाका १६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको हो । प्रदेश कमिटीमा युवाहरूलाई समावेश गरिएको छ । जसमा गायिका तथा मोडल लक्ष्मी आचार्य पनि परेकी छन् । उनी यसअघि एमालेको कुनै सङ्गठनमा नरहे पनि उनलाई प्रदेश कमिटी सदस्य बनाइएको हो । उनी विशेषगरि एमाले प्रदेश इन्चार्ज लेखराज भट्टसँग नजिक छन् । आचार्यलाई भट्टकै जोडबलमा केन्द्रीय सदस्य बनाइएको हो । गायिका आचार्यले सामाजिक सञ्जालमा भट्टसँग बनाएका टिकटक भिडिओहरू पनि चर्चामा छन् । यस्तै उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यको ट्याटु पनि छातीमा खोपेकी छन् । पार्टीमा कुनै योगदान नभएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै विरोध सुरु भएको छ । अनेरास्ववियुकी नेतृ रक्षा बमले आच...
एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी

एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाज, स्थानीय
बुटवल कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनको माध्यमबाट चयन भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् ।  दुई दशकसम्म कान्तिको व्यवस्थापन समितिमा कब्जा जमाएको एमाले निकटका अभिभावक भने पराजित भएका छन् एमाले भने पराजित भएको छ । खुल्ला तर्फ विपक्षी गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् । उनले ५१४मत प्राप्त गरे ।  त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् । यस्तै खुल्ला तर्फ ...
मौसम पूर्वानुमान : आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २२, आइतबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिनमा: कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ। आज रातमा: बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, कर्ण...