शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी लागेका छौं : अर्थमन्त्री विष्णु पौडेल


रूपन्देही

नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा शिक्षामा राम्रो सुधार भएको र थप गुणस्तरीय बनाई देशका नागरिक मात्र नभई अन्य देशबाट समेत अध्ययनका लागि नेपाल आउने वातावरण बनाउन लागेको बताए।

अनेरास्ववियु रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा सम्पन्न २०८१ मा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै पौडेलले शिक्षा जीवनको प्रमुख अङ्ग भएकाले गुणस्तरीय शिक्षाबाट जीवन बदलिने बताए। उनले शिक्षालाई सबै नागरिकको पहुँचमा र सर्बसुलभ पुर्‍याउनेर नागरिकलाई शिक्षाको सुनिश्चितता गर्ने गरी अगाडि बढेको र धेरै कामहरु भएको बताए। शिक्षाका हरेक विधाहरु आफैमा उत्कृष्ट भएकाले विद्यार्थीहरुले आ- आफ्नो क्षमता र चाहना अनुसार छनोट गरी अध्ययन गर्न आग्रह गरे।

उनले देशभरबाट ६२ प्रतिषत सफल भएको र जिल्लामा ८७ जनाले ४ जिपिए ल्याउन सफल हुनु राम्राे परिणाम भएको वताए । पौडेलले अहिले नेपालमा भविष्य छैन भन्ने कुप्रचारको अवस्था देखिएकोले यो भ्रममा नपरि निश्चिन्त शिक्षा हासिलमा लाग्न आह्वान गरे। उनले नकारात्मक कुराहरुलाई सकारात्मक कुराहरुले जित्न नसकेमा परिणाम नराम्रो आउने हुनाले सकारात्मक सोच, बोलि र व्यवहार अगाल्नुपर्ने धारणा राखे। पौडेलले राज्यको मियो राजनीति सही दिशामा लागेकोले निश्चिन्त रहेर अगाडि बढ्न आह्वान गरे ।रूपन्देही देशकै उत्कृष्ट जिल्ला वनेकाे र सामुदायिक विद्यालयले पनि एक/एक गरी राम्रो परिणाम हासिल गर्न सफल भएकोमा सराेकारवाला सबैलाई धन्यवाद दिए।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डाक्टर सुजन कडेरिया ,नेकपा एमाले रूपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे ,अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष भरत अर्याल लगायतले बोल्दै रूपन्देहीले ८७ जना ४जीपीए सहित उत्तीर्ण भएको वताए ।उनिहरुले अन्य विद्यार्थीले पनि उत्कृष्टता हासिल गरेको र आगामी समयमा थप उत्कृष्ट ता हासिल गर्न सराेकारवाला लाग्नुपर्ने वताए ।उत्तीर्ण विद्यार्थीले आफ्नो क्षमता र चाहना अनुसार लाग्न अनुरोध गर्दै बधाई तथा शुभकामना दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिट ब्युरो सदस्य लिला गिरी ,नेकपा एमाले पोलिट ब्युरो सदस्यहरू खिमलाल भट्टराई र दधिराम न्यौपाने, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, संघीय सांसद बासुदेव घिमिरे, केन्द्रीय कमिटी सदस्य शिवराज सुवेदी लगायतका केन्द्रीय सदस्यहरू, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल लगायतका प्रदेश कमिटीका नेता, केन्द्रीय सल्लाहकारहरु ,जिल्ला कमिटीका अध्यक्ष ,पदाधिकारी तथा सदस्यहरू ,,अनेरा स्ववियुका केन्द्र ,प्रदेश र जिल्ला स्तरका नेताहरू ,पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे , रुपन्देही व्यापार सङ्घका अध्यक्ष दीपक अधिकारी, पश्चिम नेपाल बस व्यवसायी सङ्घका अध्यक्ष दधिराम खरेल ,यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, निर्माण व्यवसायी सङ्घका अध्यक्ष मञ्जु ज्ञवाली , होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष माधव खनाल लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरू ,रूपन्देहीका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूकाे आतिथ्यता रहेकाे थियाे।

अनेरास्ववियु जिल्ला उपाध्यक्ष अर्जुन गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सुमित सापकोटाले गरेका थिए।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...