पश्चिम बंगालको न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा मेघगर्जनसहित वर्षा


काठमाडौँ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक- दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले छ । सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...