एमालेलाई हराउँदै कान्ति माविमा गठबन्धन बिजयी


बुटवल

कान्ति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनको माध्यमबाट चयन भएको छ । चार सदस्यीय पदका लागि १६ जनाबीच प्रतिस्पर्धा भएकोमा विपक्षी गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । 

दुई दशकसम्म कान्तिको व्यवस्थापन समितिमा कब्जा जमाएको एमाले निकटका अभिभावक भने पराजित भएका छन् एमाले भने पराजित भएको छ । खुल्ला तर्फ विपक्षी गठबन्धनबाट नेकपा बिप्लव निकट उम्मेदवार रामकृष्ण शर्मा बिजयी भएका छन् ।

उनले ५१४मत प्राप्त गरे ।  त्यसैगरि खुल्ला तर्फबाटै गठबन्धनमा पूर्व माओवादी केन्द्र र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मित्र गिरी ४८१ मतका साथ विजयी भएका छन् । महिला तर्फ माओवादी केन्द्रकी कमला पन्थीले सर्वाधिक मत ५८८ मत पाएर बिजयी भएकी छन् भने अर्को महिला सदस्यमा नेपाली कांग्रेस निकट संगीता पोखरेलले ५०१ मत प्राप्त गर्दै विजयी बनेकी छन् ।

यस्तै खुल्ला तर्फ शिवप्रसाद आचार्यले ३५५ र हुमनाथ पाण्डेले ३४५ प्राप्त गरेका छन् । महिला तर्फ राधीका पन्थीले ३८३ र गिता अर्याल पन्तले २४६ मत पाएका छन् । ३ हजार ९७७ जना मतदाता रहेको कान्तिमा ११४२ मत मात्र खसेको थियो । निर्वाचन अधिकृत झविन्द्र भुसालका अनुसार ५ हजार ७ सय विद्यार्थी रहेको विद्यालयमा एक अभिभावकले एक मताधिकार पाउने गरी निर्वाचन गराइएको थियो ।

नगर शिक्षा ऐन २०७४ अनुसार विद्यालय व्यवस्थपन समितिको समय सकिन एक महिना अगाडि नै प्रक्रिया शुरु गर्नुपर्ने भनिए पनि कांग्रेस र एमालेको दलीय स्वार्थका कारण १५ महिनापछि अन्ततः निर्वाचनबाटै व्यवस्थापन समिति गठन भएको हो ।

नेपालको संविधान २०७२ का अनुसार स्थानीय तहले शिक्षा हेर्ने भएपछि बुटवल क्षेत्रमा पहिलोपटक चुनावबाट विद्यालय व्यवस्थापन समिति गठन हुन लागेको हो। बुटवल वडा न। ४ हाटबजारस्थित कान्ति मावि परिसर चुनावी पोष्टरले रंगिन भएको थियो । मतदाताहरुले प्रतिबद्धतासहित संसदीय चुनावकै शैलीमा प्रचार गरेका थिए ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...