छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य


काठमाडौं

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा १६ जना नयाँ सदस्य मनोनीत भएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ७ औँ पूर्ण बैठकले विभिन्न जिल्लाका १६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको हो । प्रदेश कमिटीमा युवाहरूलाई समावेश गरिएको छ ।

जसमा गायिका तथा मोडल लक्ष्मी आचार्य पनि परेकी छन् । उनी यसअघि एमालेको कुनै सङ्गठनमा नरहे पनि उनलाई प्रदेश कमिटी सदस्य बनाइएको हो ।

उनी विशेषगरि एमाले प्रदेश इन्चार्ज लेखराज भट्टसँग नजिक छन् । आचार्यलाई भट्टकै जोडबलमा केन्द्रीय सदस्य बनाइएको हो । गायिका आचार्यले सामाजिक सञ्जालमा भट्टसँग बनाएका टिकटक भिडिओहरू पनि चर्चामा छन् । यस्तै उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यको ट्याटु पनि छातीमा खोपेकी छन् ।

पार्टीमा कुनै योगदान नभएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै विरोध सुरु भएको छ । अनेरास्ववियुकी नेतृ रक्षा बमले आचार्यलाई प्रदेश सदस्य बनाएकोमा असन्तुष्ट जनाइन् । ‘मिस पविलाई पनि प्रदेश कमिटी सदस्य मनोनीत गर्नुपर्‍यो । उपनिर्वाचनमा घण्टीलाई भोट माग्नेलाई पुरस्कृत गर्ने अनि सागर ढकाललाई भोट माग्नेलाई मात्र छुटाउन मिल्छ त’ उनले भनेकी छन् ।

प्रदेश कमिटी सदस्यमा मनोनीत हुनेहरूमा जीवन बम, प्रेम चौधरी, देशराज चौधरी, माया शाह, लक्ष्मी आचार्य (कैलाली), सुरेन्द्र विष्ट, राम बहादुर गुरुङ, कुलवीर चौधरी, ईश्वरी शर्मा, कल्पना गिरी र चाँदनी धामी (कञ्चनपुर) रहेका छन् ।

यस्तै चक्र मल्ल र अर्चना गहतराज (डोटी), दमन भण्डारी (बझाङ), धन रावत (बाजुरा) र पुष्पा अवस्थी (दार्चुला) लाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको एमाले प्रदेश कमिटी सुदूरपश्चिमले जनाएको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...