छातीमा सूर्यको ट्याटु खोपेकी लक्ष्मी बनिन् एमाले प्रदेश सदस्य


काठमाडौं

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा १६ जना नयाँ सदस्य मनोनीत भएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ७ औँ पूर्ण बैठकले विभिन्न जिल्लाका १६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरेको हो । प्रदेश कमिटीमा युवाहरूलाई समावेश गरिएको छ ।

जसमा गायिका तथा मोडल लक्ष्मी आचार्य पनि परेकी छन् । उनी यसअघि एमालेको कुनै सङ्गठनमा नरहे पनि उनलाई प्रदेश कमिटी सदस्य बनाइएको हो ।

उनी विशेषगरि एमाले प्रदेश इन्चार्ज लेखराज भट्टसँग नजिक छन् । आचार्यलाई भट्टकै जोडबलमा केन्द्रीय सदस्य बनाइएको हो । गायिका आचार्यले सामाजिक सञ्जालमा भट्टसँग बनाएका टिकटक भिडिओहरू पनि चर्चामा छन् । यस्तै उनले नेकपा एमालेको चुनाव चिन्ह सूर्यको ट्याटु पनि छातीमा खोपेकी छन् ।

पार्टीमा कुनै योगदान नभएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै विरोध सुरु भएको छ । अनेरास्ववियुकी नेतृ रक्षा बमले आचार्यलाई प्रदेश सदस्य बनाएकोमा असन्तुष्ट जनाइन् । ‘मिस पविलाई पनि प्रदेश कमिटी सदस्य मनोनीत गर्नुपर्‍यो । उपनिर्वाचनमा घण्टीलाई भोट माग्नेलाई पुरस्कृत गर्ने अनि सागर ढकाललाई भोट माग्नेलाई मात्र छुटाउन मिल्छ त’ उनले भनेकी छन् ।

प्रदेश कमिटी सदस्यमा मनोनीत हुनेहरूमा जीवन बम, प्रेम चौधरी, देशराज चौधरी, माया शाह, लक्ष्मी आचार्य (कैलाली), सुरेन्द्र विष्ट, राम बहादुर गुरुङ, कुलवीर चौधरी, ईश्वरी शर्मा, कल्पना गिरी र चाँदनी धामी (कञ्चनपुर) रहेका छन् ।

यस्तै चक्र मल्ल र अर्चना गहतराज (डोटी), दमन भण्डारी (बझाङ), धन रावत (बाजुरा) र पुष्पा अवस्थी (दार्चुला) लाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको एमाले प्रदेश कमिटी सुदूरपश्चिमले जनाएको छ ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...