बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा हुने
बुटवलबुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन आगामी असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।बैठकमा कोषाध्यक्ष बसन्तप्रसाद ढकालले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८३–०८४ को लागि आयव्यय स्वीकृत भएको छ । संघका कोषाध्यक्ष ढकाल संयोजक रहेको बजेट तर्जुमा समितिले निर्माण गरेको आयव्यय कोषाध्यक्ष ढकालले बैठकमा प्रस्तुत गरेका थिए ।त्यसैगरी संघले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डि.जि.एम. परियोजना सञ्चालनका लागि सह–परियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त सह–परियोजना व्यवस्थापन समितिमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, मलमल...








