चीन,मकाउ र हङकङ यात्रा : देखाइ,भोगाइ र सिकाइ


टिकाराम न्यौपाने
करिब नौ दिनसम्म चीनका ग्वाङ्झाउ र सेन्जेनलगायतका सहर, मकाउ र हङकङको यात्राका क्रममा धेरै कुरा देख्ने, बुझ्ने र अनुभव गर्ने अवसर मिल्यो।

त्यहाँका गगनचुम्बी भवनहरू हेर्दा लाग्थ्यो, उपलब्ध जमिनको अधिकतम उपयोग गर्दै भवनहरू सम्भव भएसम्म अग्ला बनाइएका छन्। व्यवस्थित सडक सञ्जाल, आधुनिक पूर्वाधार र सहरी व्यवस्थापन त प्रशंसनीय छँदै थियो। तर यी सबैभन्दा बढी प्रभावित पार्ने पक्ष त्यहाँको मानव सभ्यता, सामाजिक संस्कार, अनुशासन र सार्वजनिक जीवनप्रतिको जिम्मेवारीबोध रहेछ। यी पक्षमा हामीभन्दा उनीहरू निकै अगाडि रहेको अनुभूति भयो।

अझ एउटा रोचक पक्षले ध्यान आकर्षित गर्‍यो। तास र हुक्काजस्ता सामग्री उत्पादन गरी विश्वभर बिक्री गर्ने देश तथा क्षेत्रहरूमा पनि हामीकहाँ जस्तो होटलपिच्छे, रेस्टुरेन्टपिच्छे तास र हुक्काको जमघट तथा चोकचोकमा क्यारमबोर्ड खेलेर समय बिताउने दृश्य देखिएन। सार्वजनिक जीवनमा मानिसहरू आफ्नो काम, व्यवसाय र जिम्मेवारीप्रति बढी केन्द्रित र अनुशासित देखिन्थे।

यसको अर्थ त्यहाँ मनोरञ्जन छैन भन्ने होइन। मकाउमा त विश्वकै ठूला र प्रसिद्ध क्यासिनोहरू अत्यन्त व्यवस्थित, व्यावसायिक र संस्थागत रूपमा सञ्चालन भएका रहेछन्। मनोरञ्जनलाई समेत एउटा उद्योगका रूपमा विकास गरी पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सकिने उदाहरण मकाउले प्रस्तुत गरेको छ।

यी चारवटै स्थानको आ–आफ्नै विशिष्ट पहिचान र आर्थिक सामर्थ्य रहेछ।

ग्वाङ्झाउ उद्योग, उत्पादन र व्यापारको महत्वपूर्ण केन्द्र।सेन्जेन सूचना प्रविधि, नवप्रवर्तन, एआई र आधुनिक प्रविधिको विकासको केन्द्र।

मकाउ विश्वस्तरीय क्यासिनो, पर्यटन र मनोरञ्जन उद्योगको केन्द्र।हङकङ अन्तर्राष्ट्रिय व्यापार, वित्तीय सेवा तथा विश्वप्रसिद्ध ब्रान्ड र ट्रेडमार्क प्राप्त वस्तु तथा सेवाको प्रमुख बजार।
यी सबै कुरा नजिकबाट नियाल्दा मनमा एउटा प्रश्न उठिरह्यो—विकास भनेको अग्ला भवन र फराकिला सडक निर्माण गर्नु मात्र हो कि मानिसको सोच, संस्कार, अनुशासन, कामप्रतिको प्रतिबद्धता र समयको सदुपयोग पनि हो?
हामीकहाँ पनि प्राकृतिक स्रोत, सम्भावना, जनशक्ति र उद्यमशीलताको कमी छैन।

तर ती सम्भावनालाई उत्पादन, रोजगारी, व्यवसाय र समृद्धिसँग जोड्ने सोच, कार्यसंस्कृति र व्यवस्थापनमा अझै धेरै सुधार गर्नुपर्ने देखिन्छ।

अन्ततः, अरूको देश घुम्नु भनेको त्यहाँका अग्ला भवन र चमकधमक हेर्नु मात्र होइन, उनीहरूको सोच, संस्कार, अनुशासन र विकासको मोडेलबाट सिकेर आफ्नो देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने दृष्टिकोण लिएर फर्किनु पनि रहेछ।
यात्राले नयाँ ठाउँ मात्र चिनाउँदैन, आफ्नै देशको अवस्था र सम्भावनालाई हेर्ने नयाँ दृष्टिकोण पनि प्रदान गर्दोरहेछ।

लेखक दीप बोर्डिङ्ग हाई स्कूल बुटवलका प्राचार्य हुनुहुन्छ

छुटाउनुभयो कि ?

चीन,मकाउ र हङकङ यात्रा : देखाइ,भोगाइ र सिकाइ

चीन,मकाउ र हङकङ यात्रा : देखाइ,भोगाइ र सिकाइ

टिकाराम न्यौपानेकरिब नौ दिनसम्म चीनका ग्वाङ्झाउ र सेन्जेनलगायतका सहर, मकाउ र हङकङको यात्राका क्रममा धेरै कुरा देख्ने, बुझ्ने ...
नेपाल विकसित नहुनुका कारण र उपाय

नेपाल विकसित नहुनुका कारण र उपाय

श्रीराम ज्ञवालीनेपाल प्राकृतिक स्रोत, जैविक विविधता, युवा जनशक्ति र साँस्कृतिक सम्पदाले धनी देश हो। विश्वका दुई ठूला र उदीयमा...
जग्गा वर्गीकरणमा ढिलाइ, चौथो पटक भूउपयोग नियमावली संशोधन गर्दै सरकार

जग्गा वर्गीकरणमा ढिलाइ, चौथो पटक भूउपयोग नियमावली संशोधन गर्दै सरकार

बुटवल पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा ३ सय ३३ पालिकामा पुनः कित्ताकाट रोकिएको छ । यसबीच सरकारले नियमावली पुनः संशोधन प्रक्र...
एनपीएल: आज कर्णाली याक्स-काठमाडौँ गोर्खाज र चितवन राइनोज-सुदूरपश्चिम रोयल्सबीच दुई खेल हुँदै

एनपीएल: आज कर्णाली याक्स-काठमाडौँ गोर्खाज र चितवन राइनोज-सुदूरपश्चिम रोयल्सबीच दुई खेल हुँदै

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज दुई खेल हुदैछन् ।आज पहिलो खेल अपराहन्न साढे १२ बजे कर्णाली याक्स र काठमाडौँ गो...