जनविश्वास जुटाउन नसकेकोमा समिक्षासंगै सुल्झ्याउनुको विकल्प छैन: एमाले महासचिव पोखरेल



बुटवल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको विश्वास जुटाउन नसकेकोले निर्वाचन परिणाम प्रतिकुल आएको र समिक्षा गरी सुल्झ्याउनुको विकल्प नरहेको बताएका छन्।
संगै पोखरेलले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ अघि बढेको समेत बताएका छन् ।
पोखरेलले अब लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रमुख राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले सरकारको कार्यशैलीले लोकतान्त्रिक व्यवस्था र मुलुकको संवेदनशील भूराजनीतिक अवस्थामाथि जोखिम बढाएको दाबी गरे। सरकारको कार्यशैली नसच्चिए मुलुक थप संकटमा फस्ने उनको चेतावनी थियो।
उनले विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालयमा विद्यार्थी युनियनका अधिकार नियन्त्रण गर्ने तथा सञ्चारगृहबाटै पत्रकार पक्राउ गर्ने र सञ्चारकर्मीलाई धम्क्याउने काम भइरहेको आरोप लगाए। यस्ता गतिविधिले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको उनको भनाइ थियो।

सरकारले सुशासनको नारा दिए पनि सार्वजनिक खरिद प्रक्रिया र संवैधानिक निकायमाथिको व्यवहारमा प्रश्न उठेको पोखरेलले बताए। पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका अधिकारीलाई दबाब दिएर ठेक्का प्रक्रिया खारेज गर्न खोजिएको उनको दाबी थियो।

सरकारको कार्यशैलीप्रति सत्तासाझेदार दलभित्रै असन्तुष्टि देखिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले राजनीतिक दल, संसद् र आफ्नै पार्टीसँग समेत पर्याप्त संवाद नगरेको आरोप लगाए। लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद नगरी सरकार सञ्चालन गर्ने प्रवृत्ति उचित नभएको उनले टिप्पणी गरे।

विपद् व्यवस्थापनमा पनि सरकार जिम्मेवार नदेखिएको पोखरेलको आरोप थियो। बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट नागरिक प्रभावित भइरहँदा राज्यको उपस्थिति प्रभावकारी रूपमा अनुभूति हुन नसकेको उनले बताए। विगतमा भूकम्प, कोभिड महामारी र अन्य विपद्का बेला राज्यले खेलेको भूमिकाको तुलनामा अहिलेको सरकार कमजोर देखिएको उनको भनाइ थियो।

सरकार गठन भएको सात महिनामै मुलुक गम्भीर आर्थिक संकटतर्फ धकेलिएको दाबी गर्दै पोखरेलले लगानीको वातावरण कमजोर बनेको, पूँजी पलायन र महँगी बढेको तथा विपद्बाट भएको क्षति सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको बताए। निजामती सेवाको उमेर हद घटाउने प्रस्तावले कर्मचारी प्रशासन र सुरक्षा निकायमा समेत निराशा बढाउन सक्ने उनको भनाइ थियो।

लोकतन्त्र र नागरिक अधिकारमाथि चुनौती बढेको भन्दै पोखरेलले संविधान निर्माणमा भूमिका खेलेका एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीहरूलाई एकजुट हुन आह्वान गरे। विगतमा राजनीतिक दलहरू एकताबद्ध भएर लोकतान्त्रिक आन्दोलन सफल बनाएझैँ अहिले पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि साझा प्रयास आवश्यक रहेको बताए।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको पदस्थापन

बुटवल उद्योग वाणिज्य संघको पदस्थापन

बुटवलबुटवल उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण सहित पदस्थापन गरिएको छ । संघमा सोमबार एक कार्यक्रमका ...
जनविश्वास जुटाउन नसकेकोमा समिक्षासंगै सुल्झ्याउनुको विकल्प छैन: एमाले महासचिव पोखरेल

जनविश्वास जुटाउन नसकेकोमा समिक्षासंगै सुल्झ्याउनुको विकल्प छैन: एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको विश्वास जुटाउन नसकेकोले निर्वाचन परिणाम प्रतिकुल आएको र समिक्षा गरी सुल्झ्याउ...
संसद् सञ्चालन गर्न विपक्षी दलको माग

संसद् सञ्चालन गर्न विपक्षी दलको माग

काठमाडौंसंसद् बैठक सञ्चालन गर्न विपक्षी दलहरूले माग गरेका गरेका छन् । सोमबार (कात्तिक १६) सिंहदरबारमा सोमबार विपक्षी दलहरूको ...
कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर

कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर

बुटवललागूऔषध ब्राउन सुगर कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीले कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेको छ...