Author: संचार पत्र

गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

गोरखाकाे अजिरकाेट केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार
काठमान्डौगोरखा जिल्लाको अजिरकोट गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार, मंगलबार बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, भदौ १ गते पनि रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा स साना रेक्टरका भूकम्पहरु दोहोरिँदै गएको केन्द्रको भनाइ छ ।भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आएको छैन । ...
लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक : परराष्ट्रविद्

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, शिक्षा, समाचार, समाज
काठमाडौंपरराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरूले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकोमा जोड दिएका छन् । प्रेस चौचारी नेपालले साेमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै एमाले नेता राजन भट्टराई, सिमाविद वुद्धिनारायण श्रेष्ठ, नेपाल-भारत सीमा अध्ययन सिमितिका संयोजक विष्णु उप्रेतीले भदौ ३ गते नेपाली भूमिको बाटो हुँदै भारत-चीनबीच व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति भएकोप्रति आपत्ति जनाउँदै त्रिपक्षीय संवादबाट समाधान खोज्न सुझाव दिएका हुन् ।चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक नेपालको भूमि रहेको स्पष्ट पार्दै चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउनुभएको थियो । ...
अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६२२ पुग्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौँअफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या ६२२ पुगेको छ ।आइतबार राति आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म ६२२ जनाको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले जानकारी दिएका छन् । उनले अहिलेसम्म १५ सय ५५ जना घाइते भएका छन् भने ठूलो संख्यामा घरहरू ध्वस्त भएको बताएका छन् । मृतकमध्ये ६१० जना कुनारमा र १२ जना नान्गरहारका रहेका छन् भने घाइतेमध्ये १३ सय जना कुनारमा र २५५ जना नान्गरहारमा रहेको उनले बताएका छन् ।अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो । पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ । यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विन...
आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध बिग्रिदैन : गृहमन्त्री लेखक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
वीरगंजगृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको रहेको बताएका छन् ।प्रेस युनियन पर्साद्वारा वीरगंजमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफ्नो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसँग सम्बन्ध नबिग्रिने बताउदै मित्र राष्ट्र भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नभएको बताएका छन् । लेखकले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेख-कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेको बताए ।उनले भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ । उनले भने- 'त्यो कुरामा हामी प्रष्ट भन्न चाँहन्छौं त्यसपसमा आपति छैन । र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन । यो हाम्रो हो हामी भनिरहन्छौं, यसले सम्बन्ध बिग्रनपर्ने कुर...
डिजेल र मट्टितेलको घट्यो मुल्य

डिजेल र मट्टितेलको घट्यो मुल्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार
काठमाडौंनेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए ।यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ ।इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा ०.२१ पैसा र हवाई इन्धनमा एक रुपैयाँ ४८ पैसा घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो । डिजेलको मूल्य लिटरको काठमाडौं उपत्यकामा १४४ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ७ डलर घटाएको छ । उपभोक्ता वर्गको हितलाइ ध्यानमा राखी निगमले स्वचालि...
अरब सागरबाट जलवाष्पयुक्त हावा, केही भुभागमा भारी वर्षाको सम्भावना

अरब सागरबाट जलवाष्पयुक्त हावा, केही भुभागमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंहाल मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ । हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ, भने बाँकी भू-भागहरूमा आंशिक बदली देखिएको छ ।कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमानअनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश...
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार घोषणा गरेको हो । उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए ।आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमेरी इलेक्सन गरेको थियो । अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ । हाल उनी नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुन् भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन्। ...
पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच ४ बुँदे सहमति

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बीच ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह मन्त्रालय र महासङ्घका पदाधिकारीबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयमा दुई पक्षबीचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ। साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनु पर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्नेलगायत ४ बुँदे सहमति भएको हो ।सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र सो अवधि सम्म साविक बमोज...
प्रचण्डले गरे बुटवलमा माओवादी नेता टंकमणिको सालिक अनावरण

प्रचण्डले गरे बुटवलमा माओवादी नेता टंकमणिको सालिक अनावरण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवलसडक दुर्घटनामा परि ज्यान गुमाएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तत्कालीन केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज रहेका रामप्रसाद बन्जाडे (टंकमणि) को सालिक अनावरण गरिएको छ। माओवादीलेको सशस्त्र विद्रोहमा भुमिगत भएर सुरु देखि नै काम गरेका बन्जाडेको २०७८ साल मङ्सिर ८ गतेय बुटवलमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो। उनै बन्जाडेको स्मरणमा माओवादी केन्द्रले बुटवल मजुवामा सालिक निर्माण गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईतवार बिहान सालिक अनावरण गरेका हुन्। अध्यक्ष प्रचण्डले उनको सालिक अनावरण सँगै ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको समेत विमोचन गरेका छन्। ...
रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

रुरुक्षेत्र स्मार्टबाेर्ड प्रकरण,पालिका अध्यक्ष र प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी लिनु पर्छ: नेकपा एमाले गाउँ कमिटी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देही गुल्मीको रुरुक्षेत्र गाउँपालिका नेकपा एमाले गाउँ कमिटीले पालिकामा चलिरहेको विद्यालयमा जडान गरिने स्मार्टवाेर्ड खरिद प्रकरणमा अनियमितता गर्न खाेजेकाेले पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले नैतिक जिम्मेवारी नलिंदा सम्म आन्दाेलन चलिरहने वताएका छन्।नेकपा एमाले रुरु -रूपन्देही सम्पर्क मञ्चको आयोजनामा शनिबार बुटवलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली कामभन्दा सस्तो प्रचारबाजी र आर्थिक अनियमितता सँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको सहभागितामा यस्ता कार्यहरु गरेको बताएका हुन्। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर १का क्षेत्रीय समन्वय कमिटी संयोजक तथा सोही पालिका सामाजिक विकास समिति संयोजक शेष नारायण पौडेलले पालिकाका केही विद्यालयमा स्मार्ट बोर्ड खरिद गर्दा प्रक्रिया मिचेर अनियमि...