Author: संचार पत्र

देशका धेरै ठाउँमा गएराति वर्षा : यसवर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने

देशका धेरै ठाउँमा गएराति वर्षा : यसवर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराइ भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो वर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने देखिएको छ । भारतमा औसतको तुलनामा झण्डै दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसु...
आज संविधान दिवस मनाईदै ,

आज संविधान दिवस मनाईदै ,

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
३ असोज, काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउने तयारीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको थियो । तर ७४ जनाको ज्यान जाने गरी जेनजी युवा आन्दोलनले राजनीतिक उथलउपुथलपछि सामान्य कार्यक्रम गरेर दिवस मनाउने तयारी गरिएको हो । विसं २०७२ असोज ३ गते राति नयाँबानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थ...
आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै दलहरू

आफ्नै पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै दलहरू

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
३ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउँदैछन् । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएका आ–आफ्नै पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने आशंकामा रहेका दलहरुले संविधान रक्षाका लागि खबरदारीसहित दिवस मनाउने बताएका छन् । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर संविधान दिवस मनाउन सर्कुलर जारी गरेको थियो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काका अनुसार ‘संयमतापूर्वक, दृढतापूर्वक संविधानको रक्षा गर्ने जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय’ भएको छ यसैगरी नेकपा...
चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको अद्यावधिक (चुच्चे) नक्सा हटाइएको भन्दै सामाजिक सञ्जालमा अहिले विभिन्न पोस्टहरू भाइरल भइरहेका छन् । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षबाट नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न उठाएकी छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, “यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर, पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्य अचम्म लाग्यो तपाईंको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।”अर्यालले संसदबाट राष्ट्रिय सहमतिमा पारित उक्त नक्सा नेपालको संविधानको अनुसूचीमा अङ्कित, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकताको दस्तावेज भएको दाबी गरेकी छन् । ...
जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

जेनजी प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ१६ वर्षीया एक किशोरी रातभर निदाउन सकिनन्। बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झलझली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन। समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्‍यायो। चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन्।अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए। गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो। सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे।त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन्। साथीको अन्तिम क्षण सम्झिँदा उनमा डर र चिन्ता बढ्छ। उनी हिजोआज निद्रामा पनि आत्तिन थालेका छन्। चिकित्सकका सम्पर्कमा आइपुगेका केही युवाहरूमा देखिएक...
आज यि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज यि पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्...
यूएईले रोक्यो भिजिट संगै वर्किङ भिसा

यूएईले रोक्यो भिजिट संगै वर्किङ भिसा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँ संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ ।उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ । भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले रातोपाटीसँगको कुराकानीमा बताएका छन् । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल ८ लाख नेपाली कार्यरत रह...
संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंविषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो । यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए । तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्...
अविरल वर्षासंगै देशभरका यी सडक छन् अवरुद्ध (सूचिसहित)

अविरल वर्षासंगै देशभरका यी सडक छन् अवरुद्ध (सूचिसहित)

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँमनसुन फेरी सक्रिय भएपछि देशका विभिन्न सडक अवरुद्ध भएका छन् । बुधबार बिहान साढे ९ बजेसम्मको अपडेट अनुसार हाल देशभरका १८ सडक अवरुद्ध रहेका छन् ।गत साउनदेखि नै विपी राजमार्ग, नेपाल चीन जोड्ने मितेरी पुल, कान्ति लोकपथ जाजरकोट-डोल्पा सडक, संखुवासभाको बरुणखोलास्थित कोशी राजमार्ग लामो समयदेखि अवरुद्ध रहेको छ । त्यस्तै मंगलबारदेखि परेको वर्षाका कारण देशका ११ भन्दा बढी सडक अवरुद्ध भएका छन् ।१- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहेको छ । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि मिति २०८२/०५/०१ गते देखि अर्को सुचना नआ‍‍‍एसम्म (प्रत्येक दिन बेलुका १७ देखि विहान ५ बजे सम्म १२ घण्टा) रातिको समयमा वि.पि. राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध गरेको छ । २- रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएक...
गुल्मीका तीन मुख्य सडक अबरुद्ध

गुल्मीका तीन मुख्य सडक अबरुद्ध

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
गुल्मी , असोज -१ । अविरल बर्षा सङ्गैको बाढी पहिरोका कारण गुल्मी जिल्लाका मुख्य तीन वटा सडक अबरुद्ध भएका छ्न ।जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण अनुसारकालीगण्डकी करिडोरको कालीगण्डकी गाउँपालिका -२ राक्सेमा पहिरोको कारण अबरुद्ध भएको छ । त्यस्तै मदन भण्डारी सडक मार्ग अन्तर्गत रिडी तम्घास सडक रुरु क्षेत्र गाउँपालिका -३ सल्लेरी भन्ने स्थानमा पहिरो गएका कारण सडक अबरुद्ध भएको छ ।उता रुद्रवेणी – वामी सडकखण्ड अन्तर्गत सत्यवती -४ भिर पहिरो पहिरोका कारण बाटो अबरुद्ध भएको छ । त्यस सडक खण्डको डहरे खोला र तल्लो फाटमा पनि पहिरोका कारण अबरुद्ध भएको छ । ...