चुच्चे नक्सा हटाइएको भनाइको तथ्य के हो ? प्रधानमन्त्री कार्यालयको स्पष्टोक्ति


काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको अद्यावधिक (चुच्चे) नक्सा हटाइएको भन्दै सामाजिक सञ्जालमा अहिले विभिन्न पोस्टहरू भाइरल भइरहेका छन् ।

नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षबाट नेपालको नक्सा अङ्कित झण्डा हटाएको भन्दै प्रश्न उठाएकी छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेकी छन्, “यो राष्ट्रलाई पुर्खाले रगत बगाएर, छातीमा गोली थापेर, बच्चा काखमा च्यापेर, पानी पनि नखाई लडेर बचाएका हुन् । त्यो माटो आज हाम्रो पहिचान बनेको छ । तर प्रधानमन्त्रीज्य अचम्म लाग्यो तपाईंको कार्यकक्षबाट नेपालको संविधानमा अङ्कित अद्यावधिक नक्सा हटाइयो रे ।”
अर्यालले संसदबाट राष्ट्रिय सहमतिमा पारित उक्त नक्सा नेपालको संविधानको अनुसूचीमा अङ्कित, नेपाल आमाको छातीमा कोरिएको सार्वभौमिकताको दस्तावेज भएको दाबी गरेकी छन् ।

यस विषयमा जिज्ञासा राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यकक्षमा अहिलेसम्म नक्सा राख्न नभ्याइएको स्पष्टोक्ति दिएको छ । शासकीय मामिला हेर्ने सचिव गोविन्द कार्कीका अनुसार, नयाँ नक्सा हटाइएको होइन, नयाँ भवनमा सरेको कारण अहिलेसम्म राख्न नपुगेको हो ।

“यो हल्ला मात्र हो,” सचिव कार्कीले भने, “कार्यालय नयाँ भवनमा स्थानान्तरण भएको छ । त्यहाँ नक्सा राख्न भ्याइएको छैन। परिस्थिति यहाँहरूले बुझ्नुभएकै होला ।”

गत भदौ २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी भएको थियो । त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते सिंहदरबारमै गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा पदभार ग्रहण गरेकी थिइन् ।

सचिव कार्कीले नयाँ कार्यालय सानो भएको र पुरानो कार्यालयका कागजात तथा सामग्री आगलागीका कारण नष्ट भएकाले नयाँ व्यवस्थापनको काम भइरहेको जानकारी दिए । उनका अनुसार, नयाँ सामग्री व्यवस्थापन भइरहेकाले अहिलेसम्म कार्यकक्षमा अद्यावधिक नक्सा राख्न नपाएको हो ।

“नयाँ भवनमा कार्यकक्ष तयार पारेर प्रधानमन्त्रीलाई पदभार ग्रहण गराइएको हो,” उनले भने, “पुरानो कार्यालय जलेर नष्ट भएकाले त्यहाँका सामग्री अब प्रयोगयोग्य छैनन् । त्यसैले नयाँ सामग्री व्यवस्थापन गर्न अलि समय लागिरहेको छ ।”

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...