अविरल वर्षासंगै देशभरका यी सडक छन् अवरुद्ध (सूचिसहित)


काठमाडौँ
मनसुन फेरी सक्रिय भएपछि देशका विभिन्न सडक अवरुद्ध भएका छन् । बुधबार बिहान साढे ९ बजेसम्मको अपडेट अनुसार हाल देशभरका १८ सडक अवरुद्ध रहेका छन् ।
गत साउनदेखि नै विपी राजमार्ग, नेपाल चीन जोड्ने मितेरी पुल, कान्ति लोकपथ जाजरकोट-डोल्पा सडक, संखुवासभाको बरुणखोलास्थित कोशी राजमार्ग लामो समयदेखि अवरुद्ध रहेको छ । त्यस्तै मंगलबारदेखि परेको वर्षाका कारण देशका ११ भन्दा बढी सडक अवरुद्ध भएका छन् ।
१- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहेको छ । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि मिति २०८२/०५/०१ गते देखि अर्को सुचना नआ‍‍‍एसम्म (प्रत्येक दिन बेलुका १७ देखि विहान ५ बजे सम्म १२ घण्टा) रातिको समयमा वि.पि. राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध गरेको छ ।

२- रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । मिति २०८२।०३।२४ गते ३ बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको छ ।

३- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ बन्द रहने छ । मिति २०८२।०३।१० गते देखि अर्को सुचना नआएसम्मको लागि बेलुका १९ बजेदेखि बिहान ६ बजे सम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध ।

४- रुकुम पश्‍चिम आठबिसकोट न.पा. ६ स्थितमा जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) अबरुद्ध रहेको छ । मिति २०८२/०३/०९ गते १०:२० बजेको समयबाट आठबिसकोट न.पा. ६ रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको (मनसुन अवधिभर सञ्चालन नहुने) छ ।

५- संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध रहेको छ । मिति २०८२।०२।०६ गते संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । बर्षातको अबधिभर सुचारु हुन नसक्ने भएको छ ।
६- सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रुपमा अवरोध रहेको छ । मिति २०८२।०५।०९ गते १६ बजेको समयमा जि.सि.पा.भोटेकोशी गा.पा.वडा नं. २ कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा ५/६ मिटर सडक अं.२ फिट गहिरोभाँसि बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

७- जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ । मिति २०८२।०५।१५ गते संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

८- म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर , बेनी –दरवाङ सडक अबरोध भएको छ । मिति २०८२।०५।३१ गते ५: ३० बजेको समयमा जि. म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

९- जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित नेपाल-भारत जोड्ने पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ । मिति २०८२।०५।३१ गते १३: ५५ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव १,३२,६४७ क्युसेक पुग्न गएको कारण ऐ. स्थित महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।
१०- नुवाकोट मध्य पहाडी लोक मार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ३ बजे शिवपुरी गा.पा.८ खहरे स्थित छहरेबाट शेराबगर जाने मध्य पहाडी लोक मार्गमा बर्षादको कारणले माथिबाट पहिरो खसी पुर्ण रुपमा अवरोध भएको छ ।

११- कालिकोट कर्णाली राजमार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते अ. ६: २० बजे शुभकालिका गा.पा.१ स्थित गगने खोलामा सडक माथिबाट पहिरो आई कर्णाली राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

१२- म्याग्दी बेनी –जोमसोम सडक खण्ड पुर्ण रुपमा अबरोध छ । मिति २०८२।०६।०१ गते ६: ३० बजेको समयमा जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ३ सुकेबगर स्थित बेनी –जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

१३- गुल्मी कालीगण्डकी करिडोर सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ६: ४० बजेको समयमा जि.गुल्मी कालिगण्डकी गा.पा. २ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथि बाट लेदो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१४- लमजुङ मध्य पहाडी लोकमार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति-२०८२।०६।०१ गते ७ बजेको समयमा जिल्ला लमजुङ मध्यनेपाल न.पा. १० बिमिरेभन्ज्याङ ( मध्य पहाडी लोकमार्ग) स्थित माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१५- गुल्मी रिडी तम्घास सडकखण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते बिहान ६: ४० बजे गुल्मी रुरु गा.पा.३ सल्लेरी स्थित रिडी तम्घास सडकखण्डमा अबिरल वर्षाको कारण पहिरो खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१६- गुल्मी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ६: ४५ बजे गुल्मी सत्यवती गा.पा.६ उर्लिखोला स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

१७- रसुवा पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते बिहान ६: ५५ बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ स्याउँ पार्किङ स्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट लेदो माटो र ढुङगा सहितको पहिरो आई पुर्ण रुपमा अवरोध भएको छ ।

१८- जिल्ला सुर्खेत बराहाताल गा.पा.७ स्याउले स्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरोध छ । बराहाताल गा.पा.७ स्याउले स्थित कर्णाली राजमार्गमा अविरल वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध छ ।

१९- बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।यस सडक खण्ड अन्तगत सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने सोहि सडकखण्डको हिउँदे खोला नजिकै पनि सडक अवरुद्ध भएको छ । हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...