संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं
विषम परिस्थितिका बाबजुद सरकारले संविधान दिवस औपचारिकरुपमा नै मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो ।
प्रधानमन्त्री नै संविधान दिवस मुल समारोह समितिको अध्यक्ष रहने परिपाटी अनुसार यसअघिकै सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मुल समारोह समिति गठन गरेको थियो । उक्त समितिको बैठक बसिसकेको छ । बैठकले संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनायो ।

यसअघि जस्तै मुल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुडिखेलमा बिशेष समारोह आयोजना गरिने गृह मन्त्रालयका सहसचिव एवम आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीले नेपाल प्रेससँग बताए । तिवारीका अनुसार समारोहमा उपस्थितिका लागि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संवैधानिक परिषद्का पदाधिकारी एवम विशिष्ट व्यक्तिलाई गृह मन्त्रालयले पत्राचार गरिसकेको ट । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीसँग समन्वय गरेर नै संविधानका विभिन्न कार्यक्रम तय भएका सहसचिव तिवारीले बताए ।

संविधान दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहेको छ । त्यसलाई निरन्तरता दिँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले सम्बोधन गर्नेछिन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने मुल आयोजक समितिमा नेपाल सरकारका मन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुस्न्धान निर्देशक, उपत्यकाका नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था छ भने गृह सचिव सदस्य सचिव रहन्छन् ।

काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने संविधान दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख एवम सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति हुने व्यवस्था छ । त्यस्तै स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख तथा अध्यक्षको अध्यक्षतामा आयोजक समिति रहने व्यवस्था छ ।

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...