देशका धेरै ठाउँमा गएराति वर्षा : यसवर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने


काठमाण्डौ – देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराइ भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो वर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने देखिएको छ । भारतमा औसतको तुलनामा झण्डै दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा अक्टोबर २ तारिखमा मनसुन सकिने समय हो । यसपाली १५ दिन छिटो मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने मिति सरदर जुन १३ हो ।  

छुटाउनुभयो कि ?

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ ।...
बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

बुटवलभोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमि...
विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

विद्युतिय व्यवसायी संघद्वारा तीज मिलन स्थगित गरी दैवी प्रकोप उद्धार कोषमा सहयोग

रुपन्देहीदेशमा आइपरेको विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही विद्युतिय व्यवसायी संघ, सैनामैना–कञ्चन गाउँ नगर समित...
रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...